लिपुलेकमा भारतले सडक बनाउदै गरेको जानकारी थियो-परराष्ट्रमन्त्री ज्ञवाली

  • बैशाख २८, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले नेपाली भूमि अतिक्रमण गरेको बनाएको सडकबारे सरकारलाई पूर्वजानकारी रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले भारतले सडक बनाएको बताएका थिए । सांसदहरुले यसबारे सरकारलाई जानकारी थियो कि थिएन रु जानकारी थियो भने अहिलेसम्म के गर्‍यो भनेर प्रश्न गरेका थिए ।

जवाफमा परराष्ट्रमन्त्री ज्ञवालीले भनेका छन्, ‘यो निर्माण कार्यबारे सरकारलाई थाहा नहुने भन्ने प्रश्नै आउँदैन ।’ उनकाअनुसार भारतले यो सडक बनाउने निर्णय सन् २००५ मा गरेको थियो भने २००८ मा निर्माण थालेको थियो । त्यसले नयाँ गति भने २०१४ मा लिएको मन्त्री ज्ञवालीले जानकारी दिए ।

‘हामीले सीमा समस्या समाधानका लागि पटक पटक प्रयास गर्दै आएको, वार्ताको मिति प्रस्ताव गरेको र जुनसुकै लेभलमा ट्र्याक, ट्र्याक १।५ वा ट्र्याक २ जुनसुकै लेभलमा कुरा गर्न हामी तयार रहेको बताउँदै आयौं’ उनले भने, ‘केही अनौपचारिक कुराकानी नभएका पनि होइनन् । सामान्यतया फेब्रुअरीको अन्त्यतिर बैठक बस्न सक्ने दिशातिर हाम्रा छलफल गअगाडि बढेका थिए ।’

तर कोरोनाको महामारीसँगै सबैको ध्यान यतातिर केन्द्रित भएको र बैठक हुन नसकेको उनले बताए । परराष्ट्रमन्त्री ज्ञवालीले सीमा समस्याको समाधान कूटनीतिक माध्यमबाटै गर्न सकिन्छ भन्नेमा सरकार दृढ रहेको समेत बताए ।

‘हिजो भारतीय विदेश मन्त्रालयको प्रवक्ताको एउटा प्रतिक्रिया छ, त्यसमा उहाँहरुको दाबी उल्लेख गर्दैगर्दा कोरोनापछि वार्ताको टेबलमा बस्न तयार छौं भन्नु भएको छ’ परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘त्यसबाट पनि कूटनीतिक माध्यमबाट समाधान गर्न सकिन्छ भन्नेमा सरकार दृढ छ ।’

वार्तामा नेपालको राष्ट्रिय हितलाई सर्वोपरी राखेर सम्झौतारहित अडान राख्ने र असल छिमेकीपन र असल मित्रताको भावनालाई पनि अगाडि लैजाने उनले बताए । साथै सबै मानवीय संकटमा केन्द्रित भएको बेला छिमेकीको संवेदनशीलतामाथि प्रश्न उठ्ने गतिविधि नगर्न भारतलाई आग्रह गरेका छन् ।

नेपाली भूमिको रक्षाका लागि सिंगो देश एकतावद्ध रहेको भन्दै उनले यसमा कसैले पनि संवैदनशीलता ल्याउने र राजनीतिकरण प्रयास गर्न नहुने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved