कोरोना सन्त्रास
कोरोना नि संसारभरी फैलियो आँधी बनी,
ठिङ्ग उभियो कतै काल, कतै सन्त्रास बनी ।
२०७६ पुस महिनामा,
देखा पर्यो कोरोना चीनको वुहानमा ।
सर्वप्रथम डस्यो यसले चिनीया जनलाई,
यति घातक बन्ला भन्ने ठानिएन यसलाई ।
एकाएक संकट बनी सबैतिर फैलियो,
हेर्दा हेर्दै विपना नि सपना झैं भयो ।
गाँजिरह्यो कोरोनाले रोगी धेरै भए,
ऐय्या पनि भन्न नपाई लाखौँ अस्त भए ।
कोरोनाले सर्वत्र नराम्री ठुङ्ग्यो,
धेरै जनको गाँस , बास र रोजगारी गुम्यो ।
सहनलाई गाह्रो भयो कोरोनाको कहर,
सुनसान भई गए गाउँ अनि शहर ।
योभन्दा अघि पनि महामारी आए,
तिनलाई जिती मनुष्यले सफलता पाए ।
न आत्तिऊँ है जित्छौँ हामी कोरोनालाई पनि,
अवश्य नै आउछ फेरि खुशी दीप बनी ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved