कपिलवस्तुमा प्रहरी र स्थानीयवासीबीच भएको झडपका क्रममा मृत्यु हुने भारतीय नागरिक भएको खुलासा ।

  • कार्तिक १४, २०७६
  • कालापानी मिडिया
alt

कपिलवस्तुमा बिहीबार दिउँसो प्रहरी र स्थानीयवासीबीच भएको झडपका क्रममा मृत्यु हुने व्यक्ति भारतीय नागरिक भएको खुलेको छ ।

सीमा क्षेत्र बढनीका सुरजकुमार पाण्डेको प्रहरीको गोली लागेर मृत्यु भएको हो । उनले नेपाली भूमिमा चिया पसल सञ्चालन गर्दै आएको स्थानीय पत्रकार अनिल कुमार मालीले जानकारी दिए ।

लक्ष्मीपूजाको मूर्ति विसर्जन गर्ने क्रममा बुधबार साँझदेखि नै दुई पक्षबीच विवाद भएको थियो । प्रहरीका अनुसार हिन्दु सम्प्रदायका व्यक्तिले लक्ष्मीपूजाको मूर्ति विसर्जनका लागि झण्डिनगरको रुट प्रयोग गरेका थिए । तर, मुस्लिम समुदायले त्यस क्षेत्रमा धेरै मदरसा भएको भन्दै अर्कै बाटो प्रयोग गर्न सुझाएका थिए ।

त्यहीबीच विवादले उग्र रुप लिएको बताइएको छ । विवादलाई साम्य पार्न प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको थियो । तर, स्थानीय उल्टै उग्र भएपछि प्रहरीतर्फ पनि ३ जना घाइते भएका छन् । त्यहि क्रममा प्रहरीले गोली चलेको जनाइएको थियो ।
त्यसक्रममा पाण्डेको मृत्यु भएको हो । तर, प्रहरीले भने कर्फ्यू लागिसकेपछि गोली चलेको दाबी गरोको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved