आइतबार राती आएको हावाहुरीले कन्चनपुरको विद्युतिय लाइनमा क्षति

  • वैशाख २९, २०७७
  • कालापानी मिडिया
alt

कञ्चनपुर । हावाहुरीका कारण रुख ढल्दा विद्युतको पोलमा क्षति पुगी कञ्चनपुरका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध भएको छ। आइतबार साँझ आएको हावाहुरीले रुख ढलेपछि विद्युतका तार चुँडिनुका साथै पोलहरु ढलेका छन्।

तार चुँडिने र पोल ढलेकाले वेदकोट, शुक्लाफाँटा, कृष्णपुर, बेलौरी नगरपालिका र लालझाडी गाँउपालिकामा विद्युत सेवा अवरद्ध भएको छ। नेपाल विद्युत प्राधिकरण वितरण शाखा महेन्द्रनगरका अनुसार विद्युत लाइन मर्मत गर्न मात्रै दुई दिनभन्दा बढी समय लाग्नेछ। शुक्लाफाँटा नगरपालिका क्षेत्रमा मात्रै १५ वटाभन्दा बढी पोलमा क्षति पुगेको नगरपालिकाले जनाएको छ ।

हावाहुरीका कारण मानवयि क्षति नभए पनि ग्रामीण क्षेत्रमा घरका छाना उडाएको खबर आए पनि क्षतिको यकिन भने नआएको नगरपालिकाले जनाएको छ । यता भिमदत्तनगर र नगरपालिकामा रहेको रेडियो महाकालीको टावर ढल्दा प्रसारण अवरुद्ध भएको छ। वडा नम्बर १० का दुईवटा घरको छना हावाहुरीले उडाएको छ।

यस्तै, वडा नम्बर ७ को एक निजी स्कुलको छत हावाहुरीले उडाएको छ। वडा नम्बर १८ मा एनसेलको टावरमा सामान्य क्षति पुगेको छ। सोही वडाको सालघारी क्षेत्रमा विद्युतका पोलहरु ढल्दा विद्युत सेवा अवरुद्ध भएको छ।

वडा नम्बर १ का एउटा घरमा चट्याङ परे पनि मानवीय र भौतिक क्षति नभएको प्रहरीले जनाएको छ। हावाहुरीले किसानका तरकारी खेतीका लागि बनाएका प्लाष्टिका टनेलमा समेत क्षति गरेको छ। आँप खेतीमा समेत क्षति गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved