प्रहरी द्वारा पत्रकार माथि गरिएको दुर्व्यवहारको बिरुद्धमा घण्टाघर चौकमा बिरोध

  • बैशाख २९, २०७७
  • कालापानी मिडिया
alt

पवन प्रसाद साह, वीरगञ्ज । पत्रकार माथि पर्सा प्रहरीको दुर्व्यवहार बढ्दै गएपछि पर्साका पत्रकारहरु आन्दोलित भएका छन् ।
श्रंखलाबद्ध तवरले प्रहरीले सञ्चारकर्मी तथा पत्रकारहरुलाई ज्यादति गर्न थालेपछि पत्रकार महासंघ प्रदेश न। २ तथा पर्सा शाखाका पदाधिकारीहरुको उपस्थितीमा विरोध जनाइएको छ ।
सामुदायिक रेडियो नारायणी एफ एम तथा नयाँ पत्रिकाका पर्सा जिल्ला संवाददाता तिवारी यादबलाई आइतबार पर्सा प्रहरीले बिनाकारण पक्राउ गरी ५ घण्टा पछी छोडेको थियो ।

96590360_2895742867212725_3273761378820685824_n

यस्तै एक साता अघि पनि पर्सा प्रहरीले तीन जना पत्रकारलाई सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेको विषयलाई लिएर धार्मीक सहिष्णुता विगार्न खोजेको आरोप लगाउँदै नियन्त्रणमा लिएको थियो ।
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको प्रवाह नगरी नागरीकलाई सत्य तथ्य सुचना सम्प्रेषण गर्नका लागि अहोरात्र खटिने सञ्चारकर्मी तथा पत्रकारमाथि नै दुर्व्यवहार बढेपछि पत्रकारहरु आन्दोलित भएका हुन् ।

झरीको प्रवाह नगरी पानीमा भिज्दै घण्टाघरमा सामाजिक दुरीको पालना गर्दै गरिएको विरोध कार्यक्रममा पत्रकार महासंघ प्रदेश न। २ का अध्यक्ष दिपेन्द्र चौहान, महासंघ पर्सा शाखा सभापति श्याम बन्जारा, प्रेस युनियन पर्सा अध्यक्ष रामनारायण कुर्मी, समाजवादी प्रेस युनियन पर्सा संयोजक आरके पटेललगायतले प्रेस स्वतन्त्रताको हस्तक्षेप भइरहेको प्रति आपत्ति जनाएका थिए ।

‘कोरोना महामारीको समयमा पनि आफ्नो ज्यान जोखिममा राखेर समाचार सम्प्रेषण गर्न फ्रन्टलाइनमा खटिरहेका पत्रकारमाथि दुर्वायाहार गर्नु दुर्भाग्यपूर्ण छ,’ नेपाल पत्रकार महासंघ प्रदेश नं। २ का अध्यक्ष दीपेन्द्र चौहानले भने, ‘पत्रकारको मनोवल बढाउने स्थानमा बिनाकारण हिरासतमा राख्नु गलत हो, दुर्व्यवहार हामी सहेर बस्दैनौं ।’

प्रहरीको यस्तो रबैयाका कारण यस्तो विषम परिस्थितीमा पनि निरन्तर सुचना सम्प्रेषण्मा खटिएका पत्रकार तथा सञ्चारकर्मीको मनोबल खस्किएको हुँदा मनोबल बढाउने बेलामा घटाउने प्रवृतिको सम्पुर्ण पत्रकारहरुले भर्त्सना गरेका छन् ।

साथै पत्रकार महासंघ पर्साले पर्सा प्रहरीको समाचार पनि बहिष्कार गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved