कर्णाली प्रदेशमा पनि लकडाउन खुकुलो

  • वैशाख ३०, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । गत साता सबै नाका सिल गरेको कर्णाली प्रदेश सरकारले लकडाउन खुकुलो बनाइएको छ । कर्णाली प्रदेश कोरोना नियन्त्रण, रोकथाम उच्च स्तरीय समितिको सोमबार राति बसेको बैठकले लकडाउन खुकुलो हुने गरी विभिन्न निर्णयहरु गरेको हो ।

बैठकले यसअघि सिल गरिएका नाकामा आवतजावतलाई कडाइ मात्रै गर्ने निर्णय गरेको छ भने कृषि तथा विकास निर्माणको क्षेत्रमा लकडाउन खुकुलो बनाउने निर्णय गरिएको छ ।
समितिको निर्णयले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्थानीय तह र प्रदेशका कर्मचारीहरुलाई प्रदेश मुकामा आउनजान सहज भएको छ ।

किसानले कृषि र पशुपालनका लागि आवश्यक सामग्रीहरु ओसारपसार गर्न र स्थानीय तहको समन्वयमा भौतिक दुरी कायम गरी खेतीपाती गर्न पाउनेछन् ।

महत्वपूर्ण र रोजगारमूलक विकास निर्माण उपकरण ढुवानी र ओसारपसार गर्न, विकास परियोजनाको काम गर्ने जनशक्ति आवतजावत् गर्न, दैनिक उपभोग्य वस्तु, पेट्रोलियम पदार्थ र औद्योगिक उत्पादनका लागि आवश्यक सामग्री आयात गर्न पाइने छ ।

कर्णालीमा हालसम्म कोरोना संक्रमित नभेटिए पनि जोखिम उच्च रहेको भन्दै यसअघि एक साताका लागि प्रदेश सरकारले सिल गरेको थियो ।

अलपत्र नागरिकका लागि नाकामै क्वारेन्टाइन

उच्चस्तरीय समितिको बैठकले भारत र नेपालकै विभिन्न ठाउँबाट आएर प्रदेशको नाकामा अलपत्र परेका नागरिकहरुलार्य राख्न नाकामै क्वारेन्टाइन निर्माण गर्ने निर्णय पनि गरेको छ ।

तत्काल बाहिरबाट आएर प्रदेशको नाकामा अलपत्र परेका नागरिकलाईै सुरक्षित रुपमा सम्बन्धित जिल्ला र पालिकामा पठाएर अनिवार्य क्वारेन्टाइनमा राख्ने र त्यसका लागि पालिकामा क्वारेन्टाइन निर्माण गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved