चिनिया पत्रकारको पश्नपछि ट्रम्पले पत्रकार सम्मेलन बीचैमा छाडेर हिडे

  • वैशाख ३०, २०७७
  • कालापानी मिडिया
alt

एजेन्सी । चिनियाँ मुलकी एक पत्रकारसँग विवाद भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबारको पत्रकार सम्मेलन बीचैमा छाडेर हिडेका छन्। सीबीएसकी ह्वाइटहाउस संवाददाता वेइजिया जियाङले सोधेको एक प्रश्नमा उनले ‘चीनसँगै सोध्न’ भनेपछि विवाद भएको थियो।

वेइजियाले ‘८० हजारभन्दा बढी अमेरिकीको मृत्यु भइसकेको अवस्थामा कोरोना भाइरसको परीक्षणलाई किन विश्वव्यापी प्रतिस्पर्धाको रुपमा हेर्नुहुन्छ ?’ भनी सोधेकी थिइन्।
त्यसको जवाफमा ट्रम्पले भने,‘यो प्रश्न चीनलाई सोधेको भए हुन्थ्यो, मलाई नसोध्नुस्, यो प्रश्न चीनलाई सोध्नुस्, ठीक छ ?’

त्यसपछि ट्रम्पले सीएनएनका ह्वाइटहाउस संवाददाता केट्लान कोलिन्सतर्फ फर्किए। तर यहीबीचमा वेइजियाले पुनः प्रश्न सोधिन्,‘सर, तपाईंले किन विशेष रुपमा मलाई नै भन्नुभएको हो ?

‘मैले तपाईंलाई भनिरहेको छु,’ ट्रम्पले भने, ‘मैले कसैलाई विशेष रुपमा भनिरहेको छैन, मैले खराब प्रश्न सोध्नेलाई भनिरहेको छु।’

वेइजियाले पुनः भनिन्,‘त्यो कुनै खराब प्रश्न थिएन, किन त्यस्तो भयो ?

त्यसपछि ट्रम्पले अर्को प्रश्न लिन केही क्षण पत्रकारतर्फ हेरे।

वेइजियालाई प्रश्न सोध्न दिइरहेका सीएनएनका पत्रकार कोलिन्स त्यसपछि माइक्रोफोन नजिक पुगे।
‘मेरा दुई प्रश्न छन्’ भनेर कोलिन्सले भन्नेबित्तिकै ट्रम्पले भने, ‘भो अब।’

कोलिन्सले ट्रम्पले आफूलाई पालो दिएको भन्दै प्रश्न सोध्ने जिकिर गरेपछि ट्रम्पले भने, ‘हो मैले दिएको थिएँ, तर तपाईंल्े कुनै प्रतिक्रिया जनाउनु भएन, अब पछाडिकी महिलालाई पालो दिन्छु।’

‘मैले त साथीको प्रश्न सकियोस् भन्ने चाहेको थिएँ,’ कोलिन्सले पुनः दोहो¥याए, ‘म प्रश्न सोध्न सक्छु।’

त्यसपछि ट्रम्पले सबैलाई धन्यवाद दिँदै पत्रकार सम्मेलन सकिएको घोषणा गरे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved