तत्कालीन सुदूरपश्चिम विकास क्षेत्रको सदरमूकाम दिपायल बाट धमाधम कार्यलयहरु कैलाली सारिदै

  • बैशाख ३०, २०७७
  • कालापानी मिडिया
alt

एकेन्द्र चन्द । डोटी । १७ वर्षअघि दिपायलमा स्थापना गरिएको सुदूरपश्चिम पृतना मुख्यालय यसैसाता कैलालीको तेघरी सारिएको छ । लकडाउनका बेला गुपचुपमै पृतना तेघरी सारिएको छ ।
यो खबरलाई पृतनास्रोतले समेत पुष्ट गरेको छ । ‘जे खबर आएको छ त्यहि सत्य हो,’ स्रोतले भन्यो,’बाँकी हामीले भन्न मिल्दैन ।’ सुदूरपश्चिम पृतना मुख्यालय २०६० सालमा डोटी जिल्लाको राजपुरमा स्थापना भएको थियो ।

तत्कालिन सुदूरपश्चिम विकास क्षेत्रको सदरमूकाम दिपायल रहेकोले स्थापित पृतना हाल सुदूरपश्चिप प्रदेशको राजधानी गोदावरी कायम गरिसंगै कैलाली सरेको हो । राजपुरबाट मुख्यालय सारिएसँगै कैलालीमा रहेको श्री नं ५ बाहिनी अड्डा र बाहिनी मातहतका सम्पूर्ण युनिट दिपायल राजपुर आउने तयारी भैरहेको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले साविकको क्षेत्रिय सदरमुकाम रहेको डोटीबाट कुनै पनि तत्कालिन क्षेत्रिय कार्यालयहरु नसारिने बताएका थिए । मुख्यमन्त्री भट्टले सबै कार्यालयहरु प्रदेश सरकार अन्तरगत आउने भएकाले कार्यालय सारिने कुरा भ्रम रहेको बताउँदै आएका थिए ।

क्षेत्रिय कार्यालय तथा ठुला योजनाहरु प्रदेश सरकार अन्तरगत आउने भएकाले सरकारी सम्पतीको दुरुपयोग नहुने त्यसको उचित उपयोग हुने बताएका मुख्यमन्त्री भट्ट कार्यालय सरेको बारे बेखबर बन्दै आएका छन् ।

भट्ट मुख्यमन्त्री भैसकेपछि डोटीमा रहेका धेरैजसो कार्यालयहरु कैलाली सारिएका छन् भने कतिपए कार्यालयहरु कैलालीमा भाडाको घरमा संचालन हुँदै आएका छन् । पछिल्लो समय कार्यालय सारिएको कुरामा मुख्यमन्त्री मौन छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved