राजा महेन्द्रले नेपालको भूमि भारतलाई दिएको भन्नेहरुले भारतिय अतिक्रमणलाई पक्ष पोषण गर्दैछन्-कमल थापा

  • वैशाख ३०, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले राजा महेन्द्रले नेपालको भूमि भारतलाई दिएको भन्नेहरुले भारतिय अतिक्रमणलाई पक्ष पोषण गरेको बताएका छन् ।

उनले सामाजीक संजाल ट्विटर मार्फत कालापानी र लिपुलेक लगायतका भूमि राजा महेन्द्रकै पालामा भारतलाई दिने भन्ने कुनै प्रमाण नभएको भन्दै मनगणणन्ते कुरा नगर्न आग्रअह गरेकबा छन् ।

उनले भनेका छन्, "राजा महेन्द्रले नेपालको भूमि भारतलाई दिने भन्ने प्रश्नै आउँदैन। त्यसको कुनै प्रमाण छैन। जसले त्यसो भनिरहेका छन्, उनीहरुले परोक्षरुपमा भारतीय पक्षको पृष्ठपोषण गरिरहेका छन्। मनगणन्ते कुरा गरेर भारतको अतिक्रमणलाई जायज ठहर्‍याउन खोजि रहेका छन् ।,"d

अध्यक्ष थापाले, मुलुकमा असहज परिस्थिति आइरहेको बेलामा हातमा हात मिलाएर समस्याको समाना गर्नु पर्ने बेलामा राजा महेन्द्रलाई दोष लगाएर पन्छिन खोज्नु दुर्भाग्यपूर्ण र राष्ट्र विपरित भएको बताएका छन्।

उनले भनेका छन् त्यो हाम्रो अभिभाज्य भूमि हो भन्नेमा कुनै विवाद नै छैन। त्यहाँबाट सेना हटाउन ध्यानाकर्षण गराउँदै आएको छ। तर उसले बेवास्ता गरिरहेको छ। भारतले विवादित भूमि भन्दै गर्दा त्यसको टुंगो नलगाई बाटो बनाउनु भारतको मिचाह प्रवृत्तिको अर्को एक उदाहारण पनि हो।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved