थप १७ जनामा कोरोना देखियो, संक्रमितकाे संख्या २०८ पुग्याे

  • वैशाख ३०, २०७७
  • कालापानी मिडिया
alt

मंगलबार थप १७ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा मंगलबार थप १७ मा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए।

आज यसअघि ५७ जनामा पुष्टि भएको थियो। नेपालमा हालसम्म २०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नयाँ संक्रमित कुन जिल्लाका हुन र उनीहरुको उमेर समूह के हो भन्नेबारेमा थप विववरणबाकी छ । मन्त्रालयले भने नयाँ सक्रमित १७ जनाको केहीवेरमा आधिकारिक घोषणा गर्ने जनाइएको छ । एकैदिन ७४ जना संक्रमित भएको यो पहिलो घटना हो ।

विश्वका अन्य देशहरुमा हेर्नेहो भने पहिलो १ सय जना संक्रमित पुग्न धेरै समय लागेको छ भने त्यसपछि संक्रमितको संख्या दैनिक धेरै बढ्न थालेको ट्रेन्ड देखिएको छ । नेपालमा पनि पहिलो १०० जना संक्रमित पुग्न धेरै समय लागेको थियो त्यसपछिको १०० अर्थात जम्मा २ सय पुग्न केही दिन मात्र लाग्यो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved