भारतीय सवारी चालक र सह–चालकलाई सीमामै परीक्षण गरौं -पूर्व स्वास्थ्य मन्त्री बोहरा

  • जेठ २, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का वरिष्ठ नेता तथा पूर्व मन्त्री दिपक बोहराले भारतीय मालवाहक सवारीसाधनका चालक र सह–चालकको स्वास्थ्य परीक्षण गरेर मात्र सवारीसाधन नेपाल भित्र्याउनुपर्ने बताएका छन् ।

उनले बिना कुनै स्वास्थ्य परीक्षण भारतीय मालबाहक बाहन नेपाल भित्रिनु खतरायुक्त विषय भएको पनि बताएका छन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा नेता बोहराले लेखेका छन्, उद्योग सञ्चालन गर्ने नाममा नेपाल सरकारद्वारा जारी गरिएको यो कार्यलाई शिघ्र रोकी सीमामै कम्तीमा पनि आरडीटी परीक्षण गरी मात्र नेपाल भित्रिने व्यवस्था गरौं, सयमयमै सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण होस् ।

खाद्यान्न, तरकारी र फलफूल बोकेर भारतबाट आउने भारतीय बाहनका कारण रुपन्देहीमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै यहाँका स्थानीयवासीले चिन्ता व्यक्त गरिरहेको बेला पूर्व मन्त्री बोहराले सामाजिक सञ्जालमार्फत उक्त धारणा राखेका हुन् ।
भैरहवा भन्सार कार्यालयमा भित्रिने भारतीय कन्टेनर तथा ट्रकका कारण महामारी फैलिने सक्ने भन्दै सीमा क्षेत्रका स्थानीयवासी त्रसित भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved