नेपालमा कोरोना संक्रमित ३०० नाघे, थप ९ जनामा संक्रमण

  • जेठ ५, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपालमा थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेपालमा संक्रमितको संख्या ३०४ पुगेको छ। आज देखिएका संक्रमित रौतहट र बाराका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सोमबार संक्रमण पुष्टि भएकाहरुमा रौतहटका ८ जना र बाराका एक जना रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन्। काठमाडौंमा गरिएको परीक्षणमा रौतहटमा पुष्टि भएका सबै पुरुष र बारामा एक महिलामा संक्रमण देखिको हो।

कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या दुई पुगेको छ। कुल संक्रमित ३ सय चार मध्ये हालसम्म ३६ जना डिस्जार्च भएका छन्। अन्यको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रलायले जनाएको छ।

कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ८९ जनाको नमूना परीक्षण भएको छ। नेपालमा हालसम्म ९५ हजार ९ सय २९ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

२८ हजार १ सय ६० जनाको पिसिआर र ६७ हजार ७ सय ६९ जनाको आरडिटिबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले हिजो नियमित पत्रकार सम्मेलनमा जानकारी गराएका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved