नेपालले नयाँ नक्सा निकाल्न चिन र भारतलाई सोध्न पर्दैन -सांसद लिङ्देन

  • जेठ ५, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । राप्रपाका सांसद राजेन्द्र लिङ्देनले कोविट १९ का विषयमा सरकार गम्भीर हुनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै सांसद लिङ्देनले भने सांसद लिङ्देनले कोरोना संक्रमणबाट नेपालमा ज्यान गुमाउनेहरुको निधन पछि मात्र स्वास्थ्य परिक्षण र कोरोना पुष्टि हुनु अत्यन्तै दुस्खद भएको भन्दै सरकारले यस विषयमा गम्भीर हुनुपर्ने बताएका हुन् ।

उनले, नागरिकको सुरक्षालाई ध्यानमा राखेर सरकारलाई पिसिआर परिक्षण र उपचार व्यापक र व्यवस्थित बनाउन आग्रह पनि गरे । सांसद लिङ्देनले यतिवेला देश भित्र मात्रै होइन, देश बाहिर अर्थात, भारत तथा तेश्रो मुलुकमा ज्याला मजुरीको सिलसिलामा गएकाहरुले उद्धारकालागि याचना गरिरहेको र भारतका बिभिन्न ठाउँबाट ठूलो परिणममा रेल चढेर नेपालतर्फ आएरहेकाले उनिहरुको यवस्थित उद्धारकोलागि ठोस कदम चाल्नपनि सरकारसंग आग्रह गरे ।

बिदेशबाट आउने वितिक्कै कोराना फैलन्छ भन्ने मानसिकताबाट नागरिक समाज र सरकार दुवैले मुक्त भएर आफ्ना नागरिकप्रति जिम्मेवार हुन सरकारलाई लिङ्देनले आग्रह गरे । सासद लिङ्देनले कालापानी,लिपुलेक र लिम्पियाधुरा क्षेत्र समाबेस गरेर नयाँ नक्सा निकाल्न भारत र चिनलाई सोध्न नपर्ने भन्दै यदि भारत र चिनलाई मात्र सोधेर नक्सा निकाल्नु पर्दछ भन्ने मानसिकता हो भने यसलाई पराधिन मानसिकताको उपज भएको टिप्पणी गरे । सासद लिङ्देनले सरकारको नीति तथा कार्यक्रममा भ्रस्टाचार बिरुद्धको प्रतिवद्धता अत्यन्तै कमजोर रहेको वताए ।

उनले भने, "यस्तो महामारीको बेला खरिद गरिने स्वास्थ्य सामाग्रीमा समेत भ्रस्टाचारको कुरा उठिराखेको बेला सरकारले जुन भ्रस्टाचार विरुद्ध गरेको प्रतिवद्धता छ त्यो कमजोर छ । उनले भने यदि सरकार भ्रस्टाचार विरुद्ध प्रतिवद्ध छ भने २०४६ सालपछिका सबै उच्च पदस्थ, नेता तथा कर्मचारीहरुको सम्पत्ति छानविन हुनुपर्दछ र सरकारले यो विषयलाई आफ्नो नीति तथा कार्यक्रममा समावेस गरोस ।,"

सरकारले यसवर्षपनि महामारीको सन्त्रासमा रहेका जनतालाई केही नयाँ सडक वनाउने, कालोपत्रे गर्ने आश्वासन बाहेक केहि नयाँ योजना ल्याउन नसकेको बरु उहि कार्यान्वयन बिहिन सपनाहरुले निरन्तर्ता पाएको उल्लेख गरे । उनले रोजगार अभिवृद्धिको कुनै ठोस कार्यक्रम नआएको, अघिल्ला वर्षहरुका अनुदानहरु अपारदर्शी भएको तर् तिनलाई पारदर्शी वनाउने कुनै योजना नआएको भन्दै सरकारले तोकेको न्युनतम पारिश्रमीक नपाएका बालविकास शिक्षकहरु र बिद्यालय कर्मचारीलाई यो वर्ष बजेटमा समावेस गरेर उनिहरुलाई न्युनतम ज्याला पाउने व्यवस्था मिलाउन पनि आगह गरे ।

उनले अनुत्पातादक र फजुल खर्चहरु नियन्त्रण गर्नेतर्फ सरकारको ध्यानाकर्षण समेत गराए । सांसद लिङ्देनले यतिवेला वेरोजगोर भएर वसेका र बिदेशबाट आउने युवा जनशक्ति जसलाई राहत होइन प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गएको तर कार्यबिधिका कारण खर्च हुन नसकेको पैसा छ त्यसमा कार्यबिधि परिवर्तन गरेर भएपनि सबै वेरोजगारहरुले काम गर्ने कार्यविधि वनाउन सरकार समक्ष आग्रह गरे । 

भिडियोको लागि यहाँ क्लिक गर्नुस

https://youtu.be/uDh4r2QVTL8?t=268

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved