सांसद रेग्मीको प्रश्न- मृत्यु अगाडी संक्रमितको उपचार किन भएन ?

  • जेठ ५, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा सांसद उमा रेग्मीले नीति तथा कार्यक्रम समय सान्दर्भिक नभएको बताएकी छिन् । उनले सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सरकारको नीति तथा कार्यक्रममा हावादारी गफ मात्रै भएको तर यतिवेलाको महामारीलाई नियन्त्रण गर्ने र जनतालाई राहत पुग्ने कुनै कार्ययोजना नभएको भन्दै असान्दर्भिक, भद्दा भएको वताएकी हुन् ।

उनले क्वारेन्टाइनमा मृत्यु भएका कोरोना संक्रमित युवकलाई किन बेलैमा अस्पताल नलगिएको, कोरोना लागेको छ भनेर किन भन्न सकेन भनेर सरकारलाई प्रश्न गरिन । उनले महामारीको पिडामा डुबेका जनतालाई एक डाडु तेल बाटेर राहत दिएको भन्ने सरकारले जनतालाई भोकै बस्न नदिने भन्ने आस्वासनको जनताले कसरी विश्वास गर्ने उनको प्रश्न थियो ।

उनले प्रश्न गरिन्,   ''भारतबाट सिमामा आएकाहरु नेपाल आउने भनेर रोइरहेका छन् । उनिहरुको रोदन किन सुन्दैन सरकार ? । उनिहरुकालागि स्वदेशमा ल्याएर कहाँ राख्ने ? उनिहरुको उद्धार कसरी गर्ने ? कसरी व्यवस्थापन गर्ने ? उनिहरुकालागि सरकारको निति तथा कायक्रममा कुनै सहानुभुति र संबेदना किन ल्याइएन ? अनि सरकार निर्मला हत्याकाण्डको छानविन गरेर हत्यारा पत्ता लाउन नसक्ने सरकारले हिंसाको कुरा गर्न लाज लाग्दैन भन्दै प्रश्न गरिन ।, ''

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved