बाँकेमा थप ४७ र मोरङमा थप १ जनामा कोराना संक्रमण, संक्रमितको संख्या ३५७ पुग्यो

  • जेठ ५, २०७७
  • कालापानी मिडिया
alt

नेपालगञ्ज ।

सोमबार एकैपटक ५३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३५७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बाँकेको नरैनापुरका २६३ जनाको स्वाब परिक्षण गर्ने क्रममा १९२ जनाको रिपोर्ट आउदा ४७ जना पोजेटिभ भेटिएको हो । भेरी अस्पतालस्थित प्रयोगशालामा १९२ जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमितहरु मध्ये ४६ जना पुरुष र एक महिला छन् ।

यता, मोरङमा थप एकजनामा कोरोना भाइरस भेटिएको छ । यो संगै मोरङमा संक्रमितको संख्या ३ पुगेको छ । मोरङ्को रतुवामाई नगरपालिकाका २४ वर्षको पुरूषमा कोरोना संक्रमण देखियो । कोशी अञ्चल अस्पताल विराटनगरमा स्वाब परिक्षण गर्दा कोरोना संक्रमण देखिएको हो ।

त्यस्तै गुल्मी, धनुषा, रौतहट, दाङ र धादिङमा १/१ जना गरी ५ जनामा पनि सोमबार नै कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरु १८ देखि ३६ वर्ष उमेर समूहका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । उनीहरुको स्थायी ठेगाना र हालको ठेगानामा कन्ट्याक ट्रेसिङ सुरु गरिसकिएको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved