नेपालका ठुला दलका नेताका कारण नेपालीको शिर झुक्यो ः अध्यक्ष थापा

  • कार्तिक २१, २०७६
  • कालापानी मिडिया
alt

दाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ठुला दलका नेताहरु कारण आज नेपालीको शिर झुकेको बताउनुभयो । राप्रपा दाङको उम्मेदवार घोषणा सभालाई बुधवार तुलसीपुरमा सम्बोधन गर्दै उहाँले नेपालको सिमा मिच्ने कुरामा होस् वा नेपालमा विदेशीहरुले आफ्ना स्वार्थ लाद्ने कुरामा विदेशीहरुको मनोवल बढेको बताउनुभयो । यो सबै हुनुमा नेपालका ठुला नेताहरु सत्तामा पुग्न र टिक्न विदेशीको चाकडी गर्ने कारणले भएको आरोप लगाउनुभयो । त्यसैगरी उहाँले केही दिन अगाडी भारत सरकारले सार्वजनिक गरेको नक्साले नेपालको भुमी समेत कब्जा गरेको पाएकाले त्यो आपतीजनक भएको भन्दै त्यो नेपाली जनताले कदावी नस्विकार्ने समेत बताउनुभयो । कालापानी, लिपुलेक नेपालको अभिन्न अगं भएको भन्दै, अध्यक्ष थापाले भन्नुभयो,भारतले लामो समयदेखी अनधिकृत रुपमा कब्जा गरेको छ । नेपालले त्यसको विरोध गर्दै आएको भएता पनि फेरी कालापानी र लिपुलेक भारतको नक्सामा भारततिर पारीएकोमा आपत्ति जनाउनुभयो । त्यसैगरी उहाँले पटक–पटक नेपालको राष्ट्रियता माथी खेलवाड हुदाँ पनि आफुलाई राष्टवादी भन्ने प्रधानमन्त्री ओली पछिल्लो समय निरही बन्दै गएको समेत आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, प्रधानमन्त्री ओलीले कुनै बेला राष्ट्रियताको अडान लिदाँ नेपाली जनताले २ तिहाईको बहुमत प्रदान गरेका थिए, तर अहिले नेपाली भुभाग कब्जा हुदाँ समेत निरही र लाचरी बन्नुले राष्ट्रवादी सोच हराउदै गएको आरोप लगाउनुभयो । उहाँले त्यसका लागी नेपाल सरकारलाई भारतसंग जति सक्यो चाडो कुटनितिक पहल थाल्न आग्रह गर्नुभयो । त्यसैगरी अध्यक्ष थापाले अहिलेको दुई तिहाईको सरकार तथा प्रमुख प्रतिपक्ष काग्रेसबाट जनता सन्तुष्ट नरहेको बताउनुभयो । केही बर्ष यता देशमा भई रहेको विकृति,विसङगती,बेरोजगारी समस्या,शान्ति सुरक्षाको अभावका तथा सरकार भष्टाचारमा पसेका कारण जनताहरु सरकारबाट रुष्ट भएको बताउनुभयो । एक पटक कुनै पार्टीलाई भोट हाल्दैमा सधै भरी त्यसलाई नै भोट हाल्नु पर्छ भन्ने पार्टीको स्वार्थ भन्दा माथी उठेर स्वतन्त्र र स्वाभिमानी नागरिक भएर नेपाली जनता यो देशको दास होईनन् मालिक हुन भन्ने सन्देशका साथ यस पटकको चुनावमा राप्रपा उम्मेदवारलाई भोट दिएर नेकपा र प्रतिपक्ष काग्रेसलाई सुभाव दिन आग्रह गर्नुभयो । उहाँले आफ्नो आत्मालाई धोका दिएर कोही शुखी हुन नसक्ने भन्दै आगामी मंसिर १४ मा हुन गई रहेको उपनिर्वाचनमा आफ्नो आत्मालाई सांक्षी राखेर भोट हाल्न आग्रह गर्नुभयो । आम नेपाली जनताले २४,२५ बर्ष हिसां र राजनितीक सक्रमन विताई सकेका छौ,२०५२ देखी ६२ साल सम्म माओवादीको हिंसात्मक जनयुद्ध ६२ देखी ७६ सम्म अस्थिरता,अराजकता पुर्ण सक्रमणबाट गुज्रि राखेका छौ ,देशमा शान्ति स्थापना गर्ने पत्रतन्त्रलाई बलियो बनाई देशमा विकास गर्ने,नेपाली जनतालाई समृद्ध तुल्याउने भनेर नेताहरुले जनताहरुलाई आश्वासन दिएका थिए जनतालाई सदियो देखीको दासताबाट मुक्त तुल्याउछौ भनिएको थियो । आज हामी कुन अवस्थाबाट गुज्रि रहेका छौ प्रत्येक जनताले आफ्नो आत्मालाई प्रश्न गर्नु पर्ने आएको छ, उहाँले भन्नुभयो । । नेपालको ईतिहासमा सबै भन्दा ठुलो भ्रष्टाचार भई रहेको बताउदै अध्यक्ष थापाले त्यक्तिले मात्रै नपुगेर अहिले लोकतन्त्रको आवरणमा लुटतन्त्र चलेको बताउनुभयो । जुन ढंगबाट भ्रष्टाचार भई रहेको छ त्यो यती कहाली लाग्दो छ त्यस्लाई शव्दमा पनि वर्णन गर्न सकिदैन राजनितीक दलका ठुला नेताहरु व्यपारीहरु र कर्मचारीहरुको त्रिकोणात्मक गठवन्धन बनाएर देहलाई व्रम्ह लुट गर्ने काम भई राखेको छ, उहाँले भन्नुभयो । कार्यक्रममा राप्रपा केन्द्रिय उपाध्यक्ष प्रेमबहादुर भण्डारी,नेपालगंज उपमहानगरपालिकाका मेयर धवलशमशेर जवरा, प्रदेश ५का अध्यक्ष प्रदिप कुमार उदय,भुपाल रावत लागाएतले बोल्नु भएको थियो । यसैविच सभाले प्रदेश सभा सदस्यमा भुपाल रावत र घोराही उपमहानगरपालिका वडा नं ६ को अध्यक्षको लागी प्रकाश केसीलाई उम्मेदवार बनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved