रूपेडियामा हजारौं अलपत्र

भारतको बिभिन्न ठाउँबाट सीमावर्ति बाँकेको रुपेडिया आइपुगेका हजारौंं नेपाली आन्दोलित, चार दिन बितिसक्दा पनि वास्ता नगरेपछि सरकारविरुद्ध नाराबाजी

  • जेठ ६, २०७७
  • कालापानी मिडिया
alt

भिम पौडेल, बाँके ।
भारतको बिभिन्न ठाउँबाट सीमावर्ति बाँकेको रुपेडिया आइपुगेका हजारौंं नेपाली आन्दोलित भएका छन् । चार दिनअघि नै भारतको रुपैडियामा पुगेका हजारौ नेपाली नेपाल प्रवेश गर्न पाउनुपर्ने भन्दै आन्दोलनमा उत्रिएका हुन् ।4

रुपेडियामा अलपत्र परेको चार दिन भैसक्दा पनि नेपाल सरकारले कुनै वास्ता नगरेको भन्दै उनीहरु आक्रोशित भएका छन् ।

2

उनीहरु रुपैडियामा नेपाल सरकारविरुद्ध नाराबाजी समेत गरिरहेका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेले भने गृह मन्त्रालयबाट कुनै पनि खबर नआएको भन्दै केही गर्न नसकिने जनाएको छ ।3

तत्काल सीमामा रहेका नेपालीलाई नेपाल भित्रयाउने कुनै योजना नभएको स्थानीय प्रशासनले स्पष्ट पारेको छ । सीमामा हजारौं नेपाली अव्यस्थित रुपमा बसेकाले कुनैपनि बेला संक्रमणले भयावह रुप लिन सक्ने देखिएको छ । 1

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved