कपिलवस्तुमा ४ जनामा कोराना, जिल्लामा संक्रमितको संख्या ४७

  • जेठ ६, २०७७
  • कालापानी मिडिया
alt

अनिल माली,कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिकामा मंगलवार बिहान ४ जनामा थप कोरोना पोजिटिभ देखिएको छ । यस संगै मायादेवी गाउँपालिकामा संक्रमितको संख्या ८ जना पुगेको छ । अईतवार मायादेवी गाउँपालिका वडा नं ४ सानोगौरामा रहेको जनता प्राविको क्वारेन्टाईनमा रहेका १६ जना मध्ये आडिटी रिपोर्टमा ३ जनामा पोजिटिभ देखिए पछि पिसिआरको लागि स्वाब संकलन गरिएको थियो ।

स्वाबको रिपोर्टमा ३ जनामै पोजिटिभ देखिएको छ । भने अर्का १ मायादेवी गाउापालिका वडा नं ३ का २० बार्षिय युवामा पनि पोजिटिभ देखिएको छ । उनको पनि आडिटी रिपोर्ट पोजिटिभ आए पछि पिसिआर टेस्ट गरिएको थियो । त्यसमा पनि पोजिटिभ आए संगै मायादेवीमा मंगलवार ४ जना र त्यो भन्दा पहिले ४ जनामा कोरोना पोजिटिभ देखिएको थियो ।

संक्रमित सबै १४ दिन अगाडी भारतको मुम्बई देखि आएका थिए । कपिलवस्तुमा अहिले कोरोना संक्रमितको संख्या ४७ पुगेको छ । कपिलवस्तु जिल्लाको यशोधरा गाउपालिकामा १२ जना , कपिलवस्तु नगरपालिकामा ९, कृष्णनगर नगरपालिकामा ८, वुद्धभुमी नगरपालिकामा ४, मायादेवी गाउपालिकामा ८, शिवराज नगरपालिकामा ३ जना, वाणगंगा नगरपालिकामा १ र विजयनगर गाउ पालिकामा १ जना कोरोना संक्रमण भएका छन ।

यसै गरी जिल्लामा ४ जना सुरक्षा कर्मी , १ जना स्टाफ नर्स, २ जना कर्मचारी र १ जना ६ वर्षिय बालिका संक्रमण भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved