कचनकवलवासीलाई सांसद लिङदेनको अपिल -साबधानी अपनाउनुस्

  • जेठ ७, २०७७
  • कालापानी मिडिया
alt

झापा । झापाको क्षेत्र नं ३ अन्तर्गत कचनकवलमा कोरोना संक्रमित भेटिएपछि त्यहाँका निर्वाचित सांसद राजेन्द्र लिङ्देनले मतदाता र सबैलाई नआत्तिन र सावधानी अपनाउन अपील गरेका छन् ।

नेपालमा कोरोना भाइरसको पहिलो संक्रमित देखिने बित्तिकै आफ्नो निर्वाचन क्षेत्रमा खटिएका सांसद लिङ्देन प्रायः सबै टोलमा पुगेर अपनाउनु पर्ने सुरक्षा सम्बन्धमा स्थानीय जनप्रतिनिधि, विभिन्न राजनीतिक दल, सुरक्षाकर्मी, स्थानीय संघ संस्था र आम मतदातासंग छलफल गरिरहेका थिए । तर सीमावर्ती गाउँ बाह्रदशीमामा भारतबाट आएका स्थानीयमा पहिलो संक्रमण देखिएपछि कचनकवलमा समेत उच्च सतर्कता अपनाइएको थियो ।

भारतबाट आएका स्थानीयमा संक्रमण भेटिएपछि उनले आम मतदातालाई नआत्तिन र सावधानी अपनाउन अपिल गरेका छन् । सामाजिक सञ्जालमा उनको अपिल जस्ताको त्यस्तै स् ज्यालामजदुरीका सन्दर्भमा भारतका विभिन्न स्थानमा रहेका दाजुभाइहरूलाई आफू कार्यरत स्थलमा खान बस्न समेत गाह्रो भएपछि जोखिम मोलेर आफ्नो देश फर्किनुको कुनै विकल्प थिएन ।

अचानक भित्रिने ठूलो संख्यासंगै ठूलै संख्यामा संक्रमितहरु पनि देखिएका छन। अझै पनि भारतबाट दाजुभाइहरु आउने क्रम जारी छ र संक्रमितहरुको संख्या बढन पनि सक्छ । यसबाट आतंकित हुनेभन्दा पनि संक्रमण समाजमा फैलन नदिन निम्नकुराहरूमा ध्यान पुरयाउन हार्दिक अपिल गर्दछु ।
● भारतबाट आउने कुनै पनि दाजुभाइलाई परिवार र समाजमा घुलमिल हुन नदिई सोझै क्वारेन्टाइनमा पठाउने।
● हुलमा कोरोना खोज्दै गएन र घरमै बसियो भने यो हावाबाट सर्दैन र घर घरमा खोज्दै आउदैन ।
● यो संक्रमणबाट बच्ने भनेकै अति आवश्यक काम बाहेक घरबाट बाहिर ननिस्कने हो।
● समाजमा भ्रम र आतंक सिर्जना गर्ने कुनै काम नगर्ने ।
● यो कुनै जात,धर्म,पार्टी र देशको मात्र होइन समग्र मानवजाति माथिको समस्या हो भन्ने बुझ्ने ।
● सरकारको निर्णयको पूर्ण पालन गरौं। आफू,परिवार,समाज र सिंगो मानवजाति विरूद्धको यो युद्धमा धैर्य,आत्मसंयम र अनुशासनका माध्यमबाट कम भन्दा कम क्षतिमा विजय हासिल गरौं १
नभुलौं ” यो मात्रै एउटा यस्तो लडाई जो घरमै बसेर मात्र जितिन्छ ।”

aaa

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved