नेपालमा कोरोना संक्रमणबाट मृत्युहुनेको संख्या ३ पुग्यो

  • जेठ ७, २०७७
  • कालापानी मिडिया
alt प्रतिकात्मक तस्वीर

बुटवल । कोरोना भाइरस संक्रमणबाट गुल्मीका ४१ वर्षीय पुरुषको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

गुल्मी मदाने गाउँपालिका-६ का उनको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा बिहिबार मृत्यु भएको प्रदेश पाँचको सामाजिक विकास मन्त्रालयले जनाएको हो ।
उनी जेठ १ गते अस्पतालमा भर्ना भएका उनलाई कोरोना संक्रमण भएको सोमबार पुष्टि भएको थियो । शुरुमा आईसीयूमा उपचाररत उनी कोरोना पुष्टि हुँदा भेन्टिलेटरमा थिए ।

एक हप्तादेखि ज्वरो

उनी गुल्मी मदाने-६ पुर्कोटदहको निमाविका प्रधानाध्यापक हुन् । क्रिमसन अस्पतालमा भर्ना हुनुभन्दा एक हप्ता पहिल्यैदेखि उनमा ज्वरो देखिएको थियो ।

गाउँकै पुर्कोट दहस्थित मदाने पोलिक्लिनिकमा जाँच गराएका थिए । त्यहाँ उनलाई म्यालपोखरी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी विष्णु भुसालले टाइफाइडको औषधि दिएका थिए । औषधि खाएपछि उनलाई दुई दिन जति सञ्चो पनि भएको थियो ।

तर १ गते वान्ता भएपछि फेरि क्लिनिकमा पुगे । म्यालपोखरी स्वास्थ्य चौकी मदानेका स्वास्थ्यकर्मी समेत रहेका भुसालले जण्डिस भएको बताए । लगतै स्थानीय व्यवसायी भोजराज भट्टराईले मोटरसाइकलमा राखेर अर्घाखाँचीको सन्धिखर्कस्थित छायाँ पोलिक्लिनिकमा पुर्‍याए ।

त्यहाँका स्वास्थ्यकर्मीले विरामीको अवस्था जटिल रहेको भन्दै मणिग्रामको क्रिमसन अस्पताल रिफर गरे । र, बुटवलबाट गएको एम्बुलेन्समा राखेर अस्पताल ल्याइएको थियो ।

सन्धिखर्कबाट विरामी शिक्षकसँगै उनका साला मात्र मणिग्राम आएका थिए । उपचारकै क्रममा उनको मृत्यु भएको छ । यद्यपि स्वास्थ्य मन्त्रालयले औपचारिक घोषणा गर्न बाँकी छ ।

यसअघि सिन्धुपाल्चोकको बाह्रबिसेकी सुत्केरी र बाँके नरैनापुरका क्वारेन्टाइनमा बसेका पुरुषको पनि कोरोनाकै कारण मृत्यु भएको थियो । उनीहरु दुवैजनाको रिपोर्ट भने मृत्यु भएपछि आएको थियो ।
अनलाईन खबर

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved