माला पालुङवा,ताप्लेजुङ। झगडा मिलाएर फर्कदै गरेका ताप्लेजुङको सिरिजंगा गाउँपालका वडा नं ७ खेवाङ प्रहरी चौकीका ईञ्चार्ज प्रहरी सहायक निरीक्षक बालकुमार राईको मृत्यु भएको छ ।
सिदिङवा गाउँपालिका ७ सुरुमखिमको बुरुमखिम भन्ने स्थानमा झगडा मिलाएर फर्कदै गरेका राई तावाखोला नजिकै आई पुगेपछि अचानक बिरामी परेपछि मूत्यु भएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।
राईसंगै अन्य प्रहरी लगायतको टोली पनि रहेको प्रजिअ निरौलाले बताउनुभयो । भोजपुरको लेखखर्क घर भई अहिले झापाको दमकमा बस्दै आउनुभएको ४२ वर्षिय राई महिना दिन अघिमात्र प्रहरी इञ्चार्ज भएर खेवाङ पुगेका थिए ।
घटना सुन्नसाथ सदरमुकाम फुङलिङबाट ताप्लेजुङका प्रहरी प्रमुख पैहरी नायव उपरिक्षक महेन्द्र कुमार श्रेष्ठको नेतृत्वमा प्रहरी टोली घटनास्थल तर्फ गएको छ । घटनास्थल सम्म पुग्न सदरमुकार देखि करिव ८ घण्टा लाग्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved