आज २१ जनाले कोरोना भाइरसलाई पराजित गरेर घर फर्कदै

  • जेठ ९, २०७७
  • कालापानी मिडिया
alt

बाँके । बिश्वव्यापी रुपमा फैलिएको कोरोना सन्क्रमित संख्या दिनप्रतिदिन बढे सङ्गै निको हुनेको संख्या पनि बढीरहेको छ ।99011527_968617910223297_557477379107192832_n

बाँके जिल्लामै पहिलो संक्रमण देखापरेका एकजना धर्मगुरु सहित २१ जनाले कोरोना संक्रमणलाई पराजित गर्न सफल भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि खजुरास्थित क्यान्सर अस्पतालमा रहेको आइसोलेसनमा उपचारार्थ रहेका ६० वर्षीय मोअज्जीन सहित २१ जना संक्रमितहरुले कोरोनालाई पराजित गरि आज शुक्रबार घर फर्किन लागेका हुन् ।

93007186_1321898531344071_4431406793402351616_n

आइसोलेसन अस्पतालका प्रमुख डा. प्रकाश बहादुर थापाले २४ घण्टाभित्र गरिएको दोस्रो पटकको पिसिआर परीक्षणमा पनि रिपोर्ट नेगेटिभ आएका २१ जनालाई आज औपचारिक रुपले फुलमाला लगाएरै विदा गरिने बताए । डा.थापाका अनुसार, खजुरामामात्र बाँके र बर्दियाका २८ जना उपचारार्थ छन् ।

99140959_286169962548655_664702418767839232_n (1)

पछिल्लो समय सन्क्रमित व्यक्तिलाई लिएर विभिन्न खाले घटना बाहिरिए सङ्गै कोरोना संक्रमण भएका व्यक्तिहरु पनि उपचार पाए पछि निको हुने भएको र यस्ता व्यक्तिको मनोबल गिराउने कुनै पनि कार्य नगरिकन उनिहरुलाइ समाज अनि घरपरिवारमा घोच पेच नगरी माया प्रेमका साथ स्वीकार गर्न आइसोलेसन अस्पतालका प्रमुख डाक्टर थापाले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved