सुदूरपश्चिममा चार दिनमा परीक्षण बिनानै तीन हजार नेपाली भित्रिए

  • जेठ ९, २०७७
  • कालापानी मिडिया
alt

धनगढी । भारतमा अलपत्र नेपालीको उद्धार भएपनि कोरोना परीक्षण नहुँदा सुदूरपश्चिममा जोखिम बढेको छ। हजारौको उद्धार भएपनि सयौँको मात्रै परीक्षण हुँदा जोखिम बढेको हो। धनगढीमै दुई वटा कोरोना परीक्षण प्रयोगशाला स्थापना गरिएको छ तर उनीहरुको पीसीआर परीक्षणका लागि चाँसो समेत दिईएको छैन्।

¥यापिड टेस्ट समेत कीट अभावले सकैको गरिएको छैन्। भारतमा सबैभन्दा बढि संक्रमित रहेको महाराष्ट्रबाट आएका मजदुरको समेत परीक्षण हुन सकेको छैन्। चार दिनमा कैलालीको गौरीफन्टा नाकबाट मात्रै चार हजार दुई सय भन्दा बढि नेपाली भित्रिएका छन् तर अधिकासंको परीक्षण भने हुन सकेको छैन्।

२ र ३ गते नौँ सय ५०, ७ गते ८ सय ५८ र ८ गते दुई हजार चार सय ९८ जनाको उद्धार गरिएकोमा अधिकासंको ¥यापिड टेस्ट समेत नभएको हो। स्थानीय प्रशासनले दिएको जानकारी अनुसार २ र ३ गते भित्रिएका नौँ सय ५० जनाको भने ¥यापिड टेस्ट गरिएको थियो। महाराष्ट्रबाट आएका ६१ जनाको पीसीआर परीक्षण समेत गरिएको थियो।

तर ७ गते आएका ८ सय ५८ जनालाई ¥यापिड टेस्ट समेत नगरी गाउँ पठाईएको छ। ८ गते आएका दुई हजार चार सय ९८ जना मध्ये ६ सय जनाको मात्रै परीक्षण गरिएको सीमामा स्थापना गरिएको स्वास्थ्य सहायता कक्षले जनाएको छ। चार दिनको अवधिमा झण्डै तीन हजार नेपाली परीक्षण विना नै गौरीफन्टा नाकाबाट भित्रिएका छन्।

स्थानीय प्रशासनले उद्धारका लागि समन्वय गरेपनि स्थानीय र प्रदेश सरकारले परीक्षणको व्यवस्थापन गर्न नसक्दा समस्या भएको हो। ‘ठूलो सङख्यामा नेपालीको उद्धार गरेका छौ,’ जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भने, ‘कीट नै नपाएपछि परीक्षण विना नै भित्र्याउन पर्ने बाध्यता रहेको छ।’ परीक्षणका लागि स्थानीय र प्रदेश सरकारसंग समन्वय भएपनि सबैको परीक्षण हुन नसकेको उनले बताए।

यता सुदूरपश्चिम प्रदेश सरकारले भने कीटको अभाव रहेको जनाएको छ। नौँ वटा जिल्लामा झण्डै तीन हजार ¥यापिड कीट मौज्दात रहेपनि प्रदेश सरकारसंग भने माज्दात नरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले कीट
अभाव रहेको स्विकार गरे। उनले ¥यापिड कीटका लागि स्वास्थ्य मन्त्रालयका र विभागसंग समन्वय भईरहेको बताए।
दिनेश खबर

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved