सिरहामा कालोबजारी गर्ने व्यवसायी लाखरुपैयाँ धरौटीमा छुटे

  • जेठ ९, २०७७
  • कालापानी मिडिया
alt

मुकेश यादव, सिरहा । निर्धारित मूल्यभन्दा बढी रकम लिएर सिमेन्ट बेचेको भन्दै प्रहरीले शुशिल हार्डवेयर, गोलबजार नपा ४ को गोदाम शिल गरेको छ । लक डाउनको मौका छोपेर स्थानीय सेवाग्राहीसँग महगो मूल्यमा सिमेन्ट र छड बेचेको सूचनाको आधारमा प्रहरीले गोलबजार उद्योग व्यापार संघ गोलबजारको रोहवरमा गोदाम शिल गरेको हो ।

शिल वन्दि पछि आवश्यक कार्वाहीको लागि जिल्ला प्रशासन कार्यालय सिरहाले हार्डवेयरका संचालक धनपति महतोलाई एक लाख धरौटी लिएको बताइएको छ । जिल्ला प्रमुख अधिकारी सरोजराज गुरागाइँले आवश्यक अनुसन्धान भईरहेकोले अहिलेलाई धरौटीमा छोडीएको बताए । अनुसन्धान प्रकृया पुरा भएपछिमात्र शिलबन्दि खुल्ने बताए ।

संचालक महतोले लकडाउनको अवधिमा मारुती सिमेन्टमात्र ४ हजार ९ सय बोरा विक्रि गरेको उद्योग प्रशासनले जनाएको छ । लक डाउनको समयमा विभिन्न सामाजिक तथा सरकारी कार्यकोलागि उद्योगले सीमेन्ट उपलब्ध गराएको बेला उनले आफै अध्यक्ष रहेको कुसवाहा धर्मशाला निर्माको नाममा समेत एक हजार ४ सय बोरा सीमेन्ट ल्याएर विक्रिगरेको बुझिएको छ । तर उनले काम गरेर उब्रेको सयबोरा सीमेन्टमा ल्याएर पछि फिर्तागर्ने गरी बेचेको बताए ।

उनले कुशवाह धर्मशालाको सीमेन्ट विग्रिने अवस्था आएपछि आफूले ल्याएर वेचेको बताए । महतोले सहज ढंगले सीमेन्ट उपलब्ध हुन थालेपछिमात्र आफूले ल्याएर बेच्न थालेको सुनाए । तर, उद्योगलेभने शुशिल हार्डवेयरको नाममा प्रोजेक्टको नाममा पनि आएको बताइएको छ ।

लक डाउनका अवधिमा गोलबजारका हार्डवेयर पसलेहरुले व्यापक रुपमा कालो बजारी गरेको गुनासो छ । उनीहरुले सीमेन्ट, छड, जस्ता लगाएतका निर्माण समाग्रीमा अत्यकित मूल्य लिई बेच्ने गरेको गुनासाहरु छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved