काठमाडौं । भारतीय सेनाका पूर्वमेजर जनरल जिडी बख्सीले तत्कालिन नेकपा माओवादीलाई भारतले काठमाडौैमा शक्तिमा पुर्याइदिएको खुलासा गरेका छन् । भारतका एक टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा उनले यस्तो खुलासा गरेका हुन् ।
अर्नव गोस्वामीले सन्चालन गरेको सो कार्यक्रममा नेपालले नयाँ नक्सा सार्वजपनक गरेपछिको अवस्थाको बारेमा बहस थियो । सो क्रममा उनले “हिन्दु राजालाई ‘डिस्ट्रोय’ गरेर माओवादीलाई समर्थन गरि वामपन्थीलाई सत्तामा आउन सहयोग गरेपछि चिनिया प्रभाव बढेको” टिप्पणी गरेका हुन् ।
उनले सो कर्मलाई भारतको आत्मघाती गोल भनेका छन् । नेपालमा सशस्त्र युद्ध घोषणा गरेको माओवादी आन्दोलनलाई भारतको साथ दियो भन्ने खुल्दै आएका बेला पूर्व मेजर जनरलको भनाइृले त्यसलाई थप पुष्टि गरेको कतिपयको बुझाई छ । उनको भनाईबारे तत्कालिन माओवादीका नेताहरुले कुनै जवाफ दिएका छैनन् ।
सोही बहसमा नेपाली कांग्रेसका नेता मिनेन्द रिजालपनि सहभागि थिए । नेता रिजालले देशभित्र आन्तरिक विषयमा मतभेद भएपनि सिमाको विषयमा आफु प्रधानमन्त्रीसँगै रहेको बताएपछि अहिले सर्वत्र उनको चर्चा छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved