सुरु भयो सिआन-काठमाडौं कार्गो रेल

  • जेठ ११, २०७७
  • कालापानी मिडिया
alt

बेइजिङ । चीनले पल्लो सान्सी प्रान्तको सिआनदेखि नेपालको राजधानी काठमाडौंका लागि कार्गो रेल सेवा सुरु गरेको छ । कार्गो रेल शुक्रबार बिहान सिआनको सिन्चु स्टेसनबाट प्रस्थान गरेको छ ।
चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार निर्माण सामग्री, लत्ताकपडालगायतका सामान बोकेको कार्गो रेल तिब्बतको सिगात्सेसम्म पुग्नेछ । त्यहाँबाट ट्रकले केरुङ नाका हुँदै मालसामान काठमाडौं पुर्‍याउनेछ । यसमा ८ दिन लाग्नेछ ।

पल्लो सान्सी प्रान्तले ‘छाङआन’ कार्गो रेलपछि दक्षिण एसिया लक्षित मालवाहक रेल सञ्चालन गरेको यो पहिलोपटक हो । चिनियाँ रेलवे सिआन ब्युरो ग्रुप कर्पोरेसन लिमिटेडको सिआन पश्चिम रेलवे स्टेसनले काठमाडौं पुग्ने नयाँ गन्तव्य स्टेसन सुरु गरेको जनाएको छ । चाइना रेलवे सिआन ब्युरो ग्रुप कर्पोरेसन लिमिटेड र चाइना रेलवे कन्टेनर ट्रान्सपोर्टेसन लिमिटेडले संयुक्त रूपमा कार्गो रेल संयोजन गरिएको हो । अधिकारीहरूका अनुसार यो इन्टरमोडल प्रणालीमा चल्छ । परम्परागत अटोमोबाइल र समुद्री ढुवानीको मोडलको तुलनामा यसबाट समयावधि छोटो हुन्छ भने लजिस्टिक खर्च पनि घट्छ ।

सिआन र अन्य क्षेत्रबीच सिधा जोड्ने कार्गो रेल सञ्चालन भइरहेका बेला सिआनदेखि काठमाडौंसम्म सुरु भएको कार्गो रेलले सिआन र दक्षिण एसियाली व्यापारिक सम्पर्क स्थापित भएको छ । यसबाट चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभको गतिविधिले मूर्तरूप लिने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नेतृत्वको कार्यशैलीप ...

काठमाडौँ , जेष्ठ १७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. धवलशमशेर राणाले देशमा एक &l ...

आईसीसी क्रिकेट विश्व ...

काठमाडौं, ४ जेष्ठ । जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले श ...

प्रश्नको जवाफ दिन नस ...

जेष्ठ , २ ललितपुर । कुनै पनि सार्वजनिक कार्यक्रम वा विचार गोष्ठीमा उठाइएका प्रश्नहरूको सामना गर्नु र ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved