रबिना पौडेल, चितवन । भरतपुर सरकारी अस्पतालको आइसोलेसन कक्षमा एक जनाको ज्यान गएको छ । रामग्राम ७ नवलपरासी का ४८ बर्षिय पुरुषको आज बिहान ३ बजे मृत्यु भएको हो ।
अस्पताल श्रोतका अनुसार उक्त पुरुषलाई लुम्बिनी अस्पतालले भरतपुर रेफर गरेको पाइएको छ । राती साढे १२ बजे अस्पताल आएका पुरुषलाई आइसोलेसन कक्षमा राखेर उपचार गराईएको थियो । निमोनियाबाट ग्रसित पुरुषमा कोरोनाको आशंका गरिएको छ ।
२ दिन पहिले खाना खाएपछि बान्ता भएको र लगतै सास फेर्न गार्हो भएपछि बिरामी लुम्बिनी अस्पताल पुगेका थिए । उनको स्वाव परिक्षण हुँदै छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved