इरानका सर्वोच्च नेता अयतोल्लाह खमेनीले इजरायललाई समाप्त पार्ने चेतावनी

  • मंसिर १, २०७६
  • कालापानी मिडिया
alt

इरानका सर्वोच्च नेता अयतोल्लाह खमेनीले इजरायललाई समाप्त पार्ने चेतावनी दिएका छन् ।

तेहरानमा आयोजित एक इस्लामिक कन्फ्रेन्समा खमेनीले सो कुरा बताएका हुन् । उनले इजरायलको बर्बादी यहुदीहरुको बर्बादी नभएको पनि बताएका छन् ।
उनले भनेका छन्– एक देशको रुपमा इजरायललाई नष्ट गर्नु भनेको यहुदीलाई नष्ट गर्नु होइन । यसको मतलब यो हो कि प्यालेष्टाइनी, चाहे त्यो मुसलमान होस्, ईसाई या यहुदी होस्, उनीहरुले आफ्नो सरकार रोज्नुपर्छ ।

सन् १९७९ मा इरानको क्रान्तिपछि कट्टरपन्थीहरु सत्तामा आएका थिए । त्यही बेलादेखि नै इरानी नेताहरुले इजरायललाई समाप्त पारिदिने कुरा गर्दै आएका छन् । इरानले इजरायलको अस्तीत्व स्वीकार गर्दैन । इजरायलले मुसलमानहरुको जमिनमा अवैधरुपमा कब्जा जमाएको आरोप इरानले लगाउँदै आएको छ ।

दोस्रोतर्फ इजरायलले पनि इरानलाई खतराको रुपमा लिन्छ । उसले सधैं इरानसँग परमाणु हतियार हुन नहुने बताउँछ । मध्यपूर्वमा इरानको बढ्दो प्रभावबाट इजरायलका नेताहरुको चिन्ता बढ्दै गएको छ ।

सन् १९७९ मा इस्लामिक क्रान्तिपछि इरानले इजरायललाई मान्यता दिन अस्वीकार गरेको थियो र इजरायलले प्यालेस्टाइनी चरमपन्थीलाई समर्थन गर्छ । इजरायलले लामो समयदेखि भन्दै आएको छ कि– इरानले प्यालेस्टाइनी चरमपन्थीलाई नष्ट गर्न चाहान्छ किनभने उसलाई मध्यपूर्वको आफ्नो प्रमुख दुश्मन मान्दछ ।

इरानका सर्वोच्च नेता खमेनीले अमेरिकासहित पश्चिमा राष्ट्रहरुले इजरायलको परमाणु कार्यक्रमलाई रोक्न खोजेको भन्दै आलोचना पनि गरे ।

उनले भने– असैन्य परमाणु ऊर्जा सबै देशलाई आवश्यक पर्छ तर, पश्चिमा देशहरुले यसमा एकाधिकार चाहन्छन् । पश्चिमी जनताहरुले आफूलाई परमाणु हतियार चाहँदैन भन्छन् किनभने हाम्रो धार्मिक सिद्धान्तले पनि यसलाई अनुमति दिँदैन ।

अमेरिकाले इरानले बम बनाउनका लागि वर्षौंदेखि काम गरिरहेको आरोप लगाउँदै आएको छ । त्यसैले अमेरिकाले इरानमा धेरै प्रकारका प्रतिबन्धहरु लगाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
अमेरिकी डलर र यूरो ...

काठमाडौं । आज २०८१ साल मंसिर १२ गते बुधबार सन् २०२४ नोभेम्बर २७ तारिखका लागि नेपाल राष्ट्र बैंकले वि ...

उपनिर्वाचनको पर्यवेक ...

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनको पर्यवेक्षणका लागि ९ वटा संस्थालाई अनुमति दिएको ...

आज तराईमा हुस्सु पहा ...

काठमाडौं । पश्चिमी वायुको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved