सुदूरपश्चिमको अछममा पनि भेटिए कोरोना संक्रमित

  • जेठ १२, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । अछाममा पनि कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अछामको मेल्लेख गाउँपालिका वडानम्वर ४का स्थायी वासिन्दा ३२ वर्षका पुरुषमा कोरोना संक्रमण भेटिएको हो ।

भारतको नयाँ दिल्लीबाट ११ जनको समुहमा नेपालको सिमा कैलालीको गौरीफान्टा नाकामा प्रबेस गर्ने क्रममा उनको आरडीटि परिक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो । कैलालीमा क्वारेन्टाइनमा राखिएका उनको पिसिआर परिक्षण गर्दा समेत कोरोना पोजेटिभ देखिएसंगै उनलाई क्यारेन्टाइनमा राखिएको मेल्लेख गाउँपालिकाका अध्यक्ष लोकबहादुर बोहराले हाम्रो कालापानीलाई जानकारी गराए ।

अध्यक्ष बोहराका अनुसार मेल्लेखका स्थायी वासिन्दा भएपनि संक्रमित पुरुष कैलालीको क्वारेन्टाइनमा रहेको तर उनि संगै आएका अन्य १० जनाको स्वाव संकलन गरेर परिक्षणकालागि पठाउने तयारी गरिएको छ । संक्रमित संगै आएका ११ जना मध्ये १० जनालाई मेल्लेख गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको छ भने १ जना कैलालीको बनबेहेडाका रहेको जनाइएको छ ।

हाल सम्म भारतबाट मेल्लेख गाउँपालिकामा मात्रै ३९२ जना आएको र उनिहरुलाई गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको छ । यसरी सक्रमित संगै आएका अन्य संकास्पदहरुको स्वाव संकलन भइरहेको अध्यक्ष बोहराले जानकारी गराए ।

Document 19_1

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved