काठमाडौं । प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङदेनले रुकुम घटना समाजकै कलंक भएको बताएका छन् । मंगलबार सामाजीक संजाल मार्फत सांसद लिङदेनले रुकुम घटनाको जतिनै निन्दा गरेपनि कम हुने भन्दै यस्ता घटना समाजको कलंक भएको वताएका हुन् ।
सांसद लिङदेनले यो घटनामा त्यँहाका जनप्रतिनिधिको संलग्नता भयानक लज्जाको विषय भएको भन्दै यस्ता घटनाले कानुन र संविधानको उपहास भइरहेको बताए ।
उनले लेखेका छन्, रुकुम घट्ना समाजमा विद्यमान जातीय छुवाछुत र भेदभावको एउटा कुरुप र भद्दा दृश्य हो।
यसको जतिनै निन्दा र भत्सर्ना पनि कम हुन्छ। अझ जनप्रतिनिधिको संलग्नता भयानक लज्जाको बिषय हो।
“जातीय छुवाछुत मुक्त”घोषित मुलुकमा श्रृंखलावद्दरुपमा छुवाछुत र विभेदका घट्ना हुनु कानून र संविधानको उपहास हो।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved