एकै दिन थपिए ९० कोरोना संक्रमित, कुल संक्रमितको संख्या ७७२

  • जेठ १३, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको कुल संख्या ७७२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाकाअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा ३५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । महोत्तरीको मनरा गाउँपालिका–१० का ३० र ३५ वर्षीय पुरुष, जुम्ला घर भई बारामा कार्यरत ३५ र ३६ वर्षीय पुरुष र बाराको पचरौता–१ को पिपरपट्टी माविको क्वारेन्टाइनमा रहेका १९, ३० र ३५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै रौतहटमा २२ संक्रमित थपिएका छन् । सदरमुकाम गौरमा पहिलो पटक कोरोना संक्रमण देखिएको छ । गौर नागरपालिकाका ७ पुरुष र एक महिलामा संक्रमण देखिएकोहो । उनीहरु ४ देखि ४० वर्ष उमेर समूहका छन् ।

यस्तै यसैगरी देवाही गोनाही नगरपालिकाका ६ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु १८ देखि १४ वर्षका छन् । यस्तै अरुणिया १ र ४ का ६ जना, जो २६ देखि ४८ वर्षका छन्, उनीहरुको पनि रिपोर्ट पोजेटिभ आएको छ । राजदेवी नगरपालिकामा २२ वर्षीय पुरुष र गडुरा नगरपालिकाका एक २४ वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।

यस्तै सिराहाको नवराजपुर गाउँलिकाका १८ वर्षीय पुरुष, भगवानपुर गाउँपालिकाको ४ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु २५ देखि २९ वर्षका पुरुष छन् । यस्तै धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाका २२ वर्षीय पुरुषको रिपोर्ट पनि पोजेटिभ आएको छ । उनी कोरोना अस्पताल, जनकपुरमा उपचाररत छन् ।

यस्तै कपिलवस्तुको यशोधरा गाउँपालिका १, २ र ८ का २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये एक दुई वर्षकी बालिकासमेत छिन् भने अरु १९ देखि ५५ वर्षका छन् । अनिरुद्र माविमा संकलन गरिएको उनीहरुको थ्रोट स्वाब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा परीक्षण गरिएको थियो ।

बाँकेमा ८ जनामा संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा गरिएको परीक्षणमा नेपालगञ्ज उपमहानगरपालिका(२ का २२ वर्षीय पुरुष, डडुवा–१ का २० वर्षीय पुरुष, डडुवा–२ का २१, ३६ र ४० वर्षीय पुरुष, राप्ती सोनारी–३ का ४६ वर्षीय पुरुष, , राप्ती सोनारी–९ का ३८ वर्षीय पुरुष र बैजनाथ–३ का ३० वर्षीष पुरुषमा संक्रमण देखिएको हो ।

रुपन्देहीको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशालाले यसको जानकारी दिइसकेको थियो । कपिलवस्तु मायादेवी-७ का २२ र ५० वर्षीय पुरुष, अर्घाखाँचीको पाणिनी गाउँपालिकाका १९ र ४३ वर्ष, गुल्मी धुर्कोटका २ पुरुष र रुपन्देही अस्पतालका २२ वर्षीय पुरुष छन् ।

सेती प्रयोगशालामा गरिएको परीक्षणमा कैलाली र अछामका एकएक जनाको रिपोर्ट पोजेटिभ आएको छ । पोखरामा गरिएको परीक्षणमा स्याङ्जा बालिङका २० र २९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु चार दिनअघिमा भारतबाट आएका थिए ।

यसैगरी सुर्खेतमा गरिएको परीक्षणमा १२ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरु मध्ये वीरेन्द्रनगरका ८ जना छन् । उनीहरु ९ देखि ४६ वर्ष उमेर समूहका छन् । यस्तै भेरी गंगाका १६ र १७ वर्ष पुरुष तथा सिम्टाका ३५ र ४९ वर्षका पुरुषको रिपोर्ट पनि पोजेटिभ आएको स्वास्थ्य जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालका कुल संक्रमितको संख्या ७७२ पुगेको छ । उनीहरु मध्ये ४ जनाको मृत्यु भएको छ भने १५५ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved