होम क्वारेन्टाईनमा गर्भवती महिलाको मृत्यु हुदा जाच गर्ने डाक्टर पनि होम क्वारेन्टाईनमा

  • जेठ १४, २०७७
  • कालापानी मिडिया
alt

मनोज माझी, राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिका ११ सीमरा चौक निवासी एक गर्भवती महिलाको मंगलबार ज्यान गएपछि उनको उपचारमा गर्ने चिकित्सक होम क्वारेन्टाइनमा बसेका छन् ।IMG20200525114147

यहि जेठ ८ गते जरो र पिसाव पोल्ने समस्या भएको भन्दै आएकी २४ वर्षिय ममता माझीको उपचार गर्ने चिकित्सक स्थित स्त्री रोग विशेषज्ञ डाक्टर विनिता यादव होम क्ािरेन्टाइमा बस्नुभएको हो । मंगलबार बिहान ७ बजे घरमै मृत्यु भएकि महिलामा कोरोना भए-नभएको पुष्टी गर्न मंगलबारै स्वाब संकलन गरी परिक्षणको लागि धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको छ ।hospital

१ सय २ डिग्री ज्वरो देखिएपछि डाक्टर यादवले उनको पिसाव समेत जाच गर्न लगाउनु भएको थियो । पिसावमा इन्फेक्सन देखिएपछि कोरोनाको आरडिटी जाँचको लागि समेत डा. यादवले उनलाई गजेन्द्र नारायण सिंह अस्पतालमा जान सुझाव दिएको बताइन् । तत्काल केही औषधी लेखीदिएर आवश्यक जाच पश्चात घरमै सुरक्षितसाथ बस्न आफुले सल्लाह समेत दिएको डा.यादवको भनाई छ ।22

तर उनको आरडिटी परिक्षण नै नगराई उतैबाट उनका पति माझीले घर लगेका थिए । पत्नीलाई जचाउन दिएको सल्लाह माझीले नमान्दा अकालमै गर्भवती महिलाको ज्यान गएको डा. यादवको भनाई छ । मृतक गर्भवती महिलाका पति माझीले घरमै सुरक्षित साथ राखिएको पत्नीको ज्वरो निको भएपनि सोमबार अवेर राती अचानक स्वासप्रस्वासमा समस्या देखिएको बताइन ।Mamata majhi

पत्नीमा खासै समस्या नदेखिएकाले डाक्टरले आरडिटी परिक्षण गर्न दिएको सुझाव पालना गर्न ढिलाई भएको माझीको भनाइ छ । यता गर्भवती महिलाको जाच गर्ने डा.यादवले कोरोना जाच नगराई ती युवतीको शंकास्पद मृत्यु भएका कारण आफू समेत अहिले घरमै क्वारेन्टाईनमा बस्न बाध्य भएको बताइन ।saptari aspoatal

आरडिटी परिक्षण गराउन सम्झाउँदा पनि महिलाका आफन्तले बेवास्ता गर्दा अब मृतकको पिसीआर रिर्पोट नआउञ्जेल सम्म आफूपनि होम क्वारेन्टाईनमा बस्ने डा. यादवको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved