रमेश भुसाल, पश्चिम नवलपरासी । पश्चिम नवलपरासीमा पिसिआर परिक्षणका लागी स्वाब संकलन गरि पठाउन प्रयोग गरिने भिटिएम किट नभएपछि पुनः ¥यापिड डाईग्नोष्टिक टेष्ट आरडिटि परिक्षण सुरु गरिएको छ । पिसिआर जस्तो भरपर्दो नभएपनि किट अभावमा आरडिटि परिक्षण सुरु गर्नुपरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । आर डिटि परिक्षण पुर्ण विश्वसनिय नहुने र टेष्टका क्रममा पाजेटिभ देखिएमा पिसिआर परिक्षण नगरी नहुने भएकाले पिसिआर परिक्षणमै जोड दिनुपर्ने भएपनि सरकारले नै अहिले आरडिटि किट उपलब्ध गराएपछि र्यापिड टेष्ट सुरु गरिएको हो ।
जिल्ला मा अहिले भिटिएम किट अत्यान्त्तै कम रहेकाले कन्ट्रायाक ट्रेसिङको लागी मात्रै भिटिएम गरिएको छ । पछिल्लो समयमा आरडिटि प्रायाप्त भएकाले १४ दिन क्वारेन्टाइनमा वसेकाहरुको लागी आरडिटि गरेर घर पठाउने र पोजेटिभ आएको खण्डमा पिसिआर गरिने स्वास्थ्य कार्यलयका प्रमुख गौरब ढकालले बताए । अहिले भिटिएमको अभाव भए संगै गाँउपालीका र नगरपालिका वाट दबाव आएको र भिटिएम को लागी सिसिएमसिमा अनुरोध गर्नुका साथै सामाजिक विकास मन्त्रालयसंग पनि एक हजार भिटिएम माग गरेको र त्यसले जिल्लामा सहज हुने स्वास्थ्य प्रमुख गौरब ढकाको भनाई छ ।
अहिले जिल्ला भरको क्वारेन्टाइनमा ९ सय ७८ जना रहेका छन भने हालस सम्म क्वरेन्टाइनमा वसेको संख्या १६ सय ९० रहेको छ । जसमा ५ सय ९२ जनाको स्वाब संकलन गरेको र ५ जनाको पोजेटिभ रिर्पोट आएकाले उनिहरुको अहिले आइसोलेसन सेन्टरमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved