बाग्लुङका थप ६ जनामा कोरोना पोजेटिभ

  • जेठ १४, २०७७
  • कालापानी मिडिया
alt

अनिता घिमिरे, कास्की । बागलुङमा एकैदिन ६ संक्रमित भेटिएका छन् । उनीहरु सबै भारतबाट आएका हुन् । स्वास्थ्य निर्देशनालयले भने यसको औपचारिक पुष्टि गरिसकेको छैन । तर, जनस्वास्थ्य प्रयोगशाला स्रोतका अनुसार मंगलबार राति नै निर्देशनालयलाई रिपोर्ट दिइसकेको जनाएको छ । तर, निर्देशनालयले औपचारिक पुष्टि गरिसकेको छैन । निर्देशनालयका निर्देशक डा। विनोदविन्दु शर्मा भने बागलुङतर्फ लागेका छन् । 

जिल्लाको बडिगाड गाउँपालिकाको त्रिभुवन मावि क्‍वारेन्टाइनमा रहेका दुईजना र तमानखोला गाउँपालिकाको धनगौज्योति मावि क्‍वारेन्टाइनमा रहेका चारजनामा कोरोना संक्रमण भएको प्रयोगशाला स्रोतले जानकारी दियो । संक्रमित सबैलाई धौलागिरि अस्पताल ल्याउने तयारी भइरहेको छ ।

प्रदेशसभा बैठकमा मंगलबार बागलुङका सांसद इन्द्रलाल सापकोटाले ३१५ जना भारतबाट आएको तथ्यांक दिएका थिए । यस्तै, उनले बागलुङमा एक हजारजना भारतबाट आउन सक्ने हुँदा क्‍वारेन्टाइनसहित स्वाब परीक्षण, स्वाब परीक्षणका लागि भीटीएम मेसिनको अभाव रहेको विषयमा ध्यानाकर्षण गराएका थिए ।

बागलुङमा यसअघि नै दुईजना कोरोना संक्रमित भेटिएका थिए । उनीहरु स्वास्थ्यलाभसमेत गरिसकेका छन् । एक महिनाअघि ९वैशाख १३ गते० बागलुङकी संक्रमित दोस्री युवती संक्रमणमुक्त हुँदै डिस्चार्ज बनेकी थिइन् ।

101019894_2716230008500510_1763051961537527808_n

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved