रौतहटमा थप ३५ जनामा कोरोना संक्रमण

  • जेठ १४, २०७७
  • कालापानी मिडिया
alt

अभिमनु कुमार पटेल,रौतहट । रौतहटमा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । ३५ जना माध्ये गौर नगरपालिकामा ८, ईशनाथ नगरपालिकामा १६, देवाहि गोनाही नगरपालिकामा २, कटहरिया नगरपालिकामा २ र गढिमाई नगरपालिकामा ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । भारतका विभिन्न सहरबाट भर्खरै रौतहट आएकाहरुमा नै संक्रमण देखिएको छ ।
 
संक्रमित सबैजना सम्बन्धित पालिकाले सञ्चालन गरेको क्वारेन्टीनमा बसेकाहरू नै रहेका छन् । यसअघि मंगलबार गौर नगरपालिकाका ७, देवाही गोनाही नगरपालिकाका १३ र राजदेवी तथा गरुडा नगरपालिकामा १/१ जना कोरोना संक्रमणको पुष्टि भएको थियो । यो संगै रौतहटमा संक्रमितको संख्या सय नाघेको पुगेको छ ।
 
तीनजना उपचारपछि घर फर्किएका छन् । संक्रमितको संख्या बढ्दै गएपनि जिल्लामा आइसोलेसन बेडको भने अभाव छ। केही पालिकाहरुले संयुक्त लगानीमा आइसोलेसन बनाउन सुरुगरे पनि त्यसको निर्माण कार्य सकिएको छैन ।
 
जिल्लामा हाल गौर नर्सिङ्ग क्याम्पसको आइसोलेसनमा १८ जना र राजपुर स्वास्थ्य चौकीको आइसोलेसनमा २६ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved