संविधानको जगमा घर बनाउने जिम्मा पाएको कम्युनिष्टले घरमा तला थप्न नजान्दा घर नै भत्काउने खतरा _गगन थापा

  • आश्विन १४, २०७६
  • कालापानी मिडिया
alt

नेपाली कांग्रेसका नेता गगन कुमार थापाले कांग्रेसले बसालेको संविधानको जगमा घर बनाउने जिम्मा पाएका कम्युनिष्टले आज घर बनाउने र तला थप्न नजान्दा जग नै भत्काउने खतरा बढेको बताएका छन् ।

गुल्मीको धुर्कोट गाँउपालिका वडा नं. ३ नेपाली कांग्रेस वडाकार्य समिति हाडहाडेले आयोजना गरेको बहृत आमसभा तथा साँस्कृतिक कार्यक्रममालाई  सम्बोधन गदै सोमवार नेता थापाले यस्तो बताएका हुन ।

साथै नेता थापाले जनताले ५ बर्ष घर बनाउने जिम्मा कम्युनिष्टलाई मत दिएकाले कांग्रेसको जिम्मा भनेको सरकारको छेउमा बसेर राम्रो काम गरे ताली बजाउ र यदि काम नगरे खबरदारी गर भनेको बताए ।  नेपालको संविधानमा स्थानीयदेखि संघीय अधिकारका कुरा लेखिएको हुदा  काठमाडौं जस्तै समान अवसर अव  गाँउ­ गाँउमा पुग्नु पर्ने बताए । उनले संविधानको रक्षा गर्ने जिम्मा कांग्रेस भएको बताउदै हाम्रो संविधान नेपाललाई विकासको अर्को चरण पुर्‍याउन प्रयाप्त रहेको बताए ।

थापाले पार्टी प्रवेशको शुरुवात मात्र भएको अव पार्टी प्रवेश रोकिदैन र रोकिनु पनि हुन्न भन्दै यो क्रमले पार्टीभित्र साथीहरुको उपस्थिति बढ्दै जाने र कांग्रेस पार्टी थप बलियो हुने र कांग्रेसको धन्सार भरिदै गएको बताए । थापाले देशमा लगानी असुरक्षित बन्दै गएको बताउदै यति बलियो सरकारले जनताको पक्षमा काम गर्न  नसकेको बताए ।

साथै उनले कम्युनिष्ट पार्टीको विचार नभएको आरोप लगाउदै उनले भने,'देशमा रेल र पानीजहाज चाहिन्छ तर खुतरुकेमा पैसा कहाँबाट आउछ ।' देशमा कांग्रेस अझै जिउँदै भएको भन्दै सरकार तानाशाही बनी अगाडी बढ्न थालेकोले अव हाम्रो लडाई तागत भनेको जनताले देखाउने बताए ।

नेता थापाले संविधानको रक्षागर्ने जिम्मा कांग्रेसको भएकाले अव कांग्रेसले अन्याय अवस्थालाई बदल्न र जनताहरुमा समान अवसर प्रदान गर्नका लागि कांग्रेस पार्टी बनेको बताए । उनले एउटा नेपाली आफ्नो स्वास्थ्य उपचार गर्नका लागि घरखेत बेच्नु पर्ने अवस्था भएकोले सहज रुपमा कम खर्च मै स्वास्थय उपचार गराउने गरि कानून बनाएको बताए ।  सांसद थापाले गुल्मी कांग्रेसको अभियानले आज देशभर  नै गाँउजाने बाटो देखाएको बताए ।

सोही अवसरमा नेपाली कांग्रेस गुल्मीका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठ अर्घाखाचीका पार्टी नेपाली कांग्रेस सभापति बिष्णु मुस्कान, नेपाली कांग्रेस केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्य छन्द बहादुर पहराई,नेपाली कांग्रेस गुल्मीका जिल्ला सदस्य पदम विष्ट,नेपाली कांग्रेस अर्घाखाचीका जिल्ला सदस्य कृष्ण बहादुर परियार, बताए ।

सोही अवसरमा राष्ट्रिय लोकदोहोरी गायक बिमलराज क्षेत्री,हरि खत्री,गणेश अधिकारी, सुनिल थापा र खुकुरी ब्याण्ड तथा स्थानीय कलाकारको समेत बेजोड साँगितिक प्रस्तुती राखेका थिए  ।   

कार्यक्रममा नेपाली कांग्रेस गुल्मीका पार्टी उपसभापति बिष्णु बलाल, पार्टी सचिव दोय खिलध्वज पन्थी र विष्णुकुमारी सापकोटा,धुर्कोट गाँउपालिकाका उपाध्यक्ष शिब बहादुर खत्री लगायत जिल्ला स्तरका नेतागण तथा पार्टीका भातृसंगठका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो । अवसरमा विभिन्न पार्टी परित्याग गरि झण्डै १ सय जना कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

कार्यक्रम आश्विन ११ र १२ गते धुर्कोट गाँउपालिकाको वडा स्तरीय खुल्ला पुरुष भलिवल खेल सञ्चालन भएको थियो ।

कार्यक्रम ध्रुकोट गाँउपालिका वडा नं. ३ नेपाली कांग्रेस वडाकार्य समितिका सभापति तेज बहादुर बोहोराको अध्यक्षता तथा नेपाली कांग्रेस नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाको प्रमुख आतिथ्यता एवं वडाकार्य समितिका उपसभापति छविलाल काउछाको स्वागत मन्तव्यसँगै शुरु गरिएको कार्यक्रमको सञ्चालन भने दोय लोकदोहोरी प्रतिष्ठान गुल्मीका सचिव एवं सञ्चारकर्मी भुवन भूषाल र समाजसेवी युवा कमल बोहोराले गरेका थिए ।

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत क

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved