भोको पेटले भन्दैन लकडाउन

सडकमै गिट्टी कुट्दै महिला

  • जेठ १४, २०७७
  • कालापानी मिडिया
alt

लक्ष्मण घिमिरे, अर्घाखाँची । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क नगरपालिकाका विपन्न घरपरिवार लकडाउनको समयमा पनी सडकमा मजदुरी गर्न बाध्य छन् । अन्य समय अरुको घरमा गएर मजदुरी गरेर दुई छाक जुटाउने उनीहरुले लकडाउन भएसंगै काम नपाएपछि सन्धिखर्क-अर्घा सडकको किनारमा गिट्टी कुट्न शुरु गरेका छन् । fds

उनीहरुलाई बाहिर जाँदा रोग सर्छ भन्ने थाहा भएपनी, बाहिर नगए भोकभोकै मर्नु पर्ने अवस्था छ । लकडाउनका समयमा पनी टन्टलापुर घाममा उनीहरु श्रम गर्न बाध्य छन् । सन्धिखर्क-९, पाथ्राबांगकी कमला विकले रोजगारीका लागि भारतमा गएका श्रीमान तीन महिना देखि भारतमै बेकामे भएर बसेको बताईन् । कोरोना महामारीका कारण गरिरहेको काम छुटेपछि परिवार पाल्न समस्या भएको उनको भनाई छ ।

asd

यता सन्धिखर्क नगरपालिका वडा नम्बर-२, कुरकी ७० बर्षिय पुतला नेपालीले पनी दिनभर गिट्टी कुटेर जिवीकोपार्जन गर्दै आएकी छिन् । हातभरी ठेला देखाउँदै उनले रोग लागेर मर्नु फरक कुरा भएको भन्दै बिहान बेलुका भोकले टट्टाउनुको पिडा छुट्टै रहेको अनुभव सुनाईन् ।
कमला र पुतला मात्र नभई यहाँका दर्जनौं परिवारको ब्यथा उस्तै छ । स्थानिय सरकारले राहात वितरण गरेपनी उनीहरुको समस्या समाधान हुन सकेको छैन् ।

sd

सन्धिखर्क नगरपालिकाले अतिविपन्न १४ सय ५६ घरपरिवार लाई राहत वितरण गरेको छ । राहतले ५ दिन पनी टार्न नसकिएको उनीहरुको भनाई छ । अब राहतको आश नगरेर परिश्रमनै गर्ने भन्दै बरु सहज काम गर्न पाउनु पर्ने उनीहरुको माग छ । ढुङ्गा जम्मा गरेर फोडेपछी एक ट्याक्टरको ३५ सय रुपैयामा बेच्ने गरेका छन् ।

Capture 4

एक ट्याक्टर गिट्टी फोर्न एक साता लाग्ने उनीहरुको भनाई छ । गिट्टी कुटेर बेचेपछी रासन लगेर उनीहरुले छाक टार्ने गरेका छन् । स्थानिय सरकार संगै विभिन्न संघसंस्थाहरुले बेलाबखत राहत वितरण गरेपनी गरिब बस्तीका विपन्न घरपरिवारको दैनिकीमा कुनै परिवर्तन आउन सकेको छैन । सरकारले कोरोनाबाट बच्न लकडाउन गरेसंगै गरिब तथा अति विपन्न परिवारमा रोग भन्दा भोकको चिन्ताले सताएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved