३१औं राप्रपा स्थापना दिवसमा राप्रपा अध्यक्ष कमल थापाले दिए शुभकामना सन्देश

  • जेठ १५, २०७७
  • कालापानी मिडिया
alt


काठमाडौं । आज राष्ट्रिय प्रजातन्त्र पार्टीको ३१औं स्थापना दिवश । यस अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एक शुभकमना सन्देश दिएका छन् । अध्यक्ष थापाले दिएको शुभकामना सन्देश जस्ताको तस्तै ।

आदरणिय दाजुभाइ तथा दिदी बहिनीहरु !

आजको दिनबाट राष्ट्रिय प्रजातन्त्र पार्टीले ३० बर्ष पुरा गरि ३१ औं बर्षमा प्रवेश गरेको छ । यस अवसरमा राप्रपालाई माया गर्नुहुने देश बिदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरुमा सादर आभार व्यक्त गर्दछु ।

पार्टीका संस्थापक नेताहरु तथा पार्टीको आदर्श प्रति प्रतिबद्ध रहेकै कारण शहादत प्राप्त गरेका महान शहीदहरु प्रति हार्दिक अभिनन्दन तथा श्रद्धांजली अर्पण गर्दछु ।

अनेकौ उतारचढावको वावजुद कत्तिपनि विचलित नभई पार्टीलाई वर्तमान अवस्था सम्म ल्याउन योगदान पुराउन क्रियाशील पार्टीका साथीहरुमा हार्दिक बधाई तथा शुभकामना दिन्छु ।

स्थापनाकालदेखि पटकपटक टुटफुटको श्रृंखलाबाट गुज्रेको राप्रपा अब कहिल्यै नफुटने बाचाबन्धन सहित एकताबद्ध भएको छ ।

देशलाई अहिले एउटा बलियो वैकल्पिक शक्तिको आबश्यकता रहेको छ । यस्तो शक्ति जो राष्ट्रवादी होस्, जसले मन वचन र कर्मले प्रजातन्त्रमा बिश्वास गरोस् अनि नेपाली जनताको चाहना अनुरुप सुशासन र सम्बृद्ध प्रदान गर्न सकोस् । कतिपयलाई तितो लाग्न सक्छ, तर यस्तो विकल्प बन्न सक्ने योग्यता र क्षमता राप्रपामा मात्र छ । राप्रपा रहेको फरक बिचार, देशव्यापि संगठन र अग्निपरिक्षाबाट उतिर्ण नेतृत्वको कारण राप्रपा देशले चाहेको वैकल्पिक शक्ति बन्न सक्दछ ।

यो धरातलिय यथार्थलाई हृदयंगम गर्दै आगामि दिनमा सक्रिय रुपले संगठन निर्माण र जनताको बिश्वास जित्ने काममा लाग्न आजको दिनमा म सम्पूर्ण पार्टीका साथीहरुमा आह्वान गर्दछु । राजसंस्था सहितको लोकतन्त्र र सनातन हिन्दुराष्ट्रको धरातलमा सबल र सम्बृद्ध नेपाल निर्माण गर्ने अभिभारा अब हाम्रो हो ।

विगतमा हामीबाट केही गंभीर त्रुटि र कमजोरिहरु भएका छन् । हामीले त्यसबाट पाठ सिकेका छौं । अब गल्ति दोहरिने छैनन् । त्यसर्थ आगामि दिनमा राप्रपालाई बिश्वास गर्न, भरोसा गर्न र माया गर्नम नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा अपिल समेत गर्दछु।

२०७७ जेठ १५
(कमल थापा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved