भारत चीन सिमा विवादमा अमेरिका मध्यस्थता बन्न तयार, ट्रम्प

  • जेठ १६, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सीमाबारे भारत र चीनबीचको जारी तनावको विषयमा पुनः मध्यस्थताका लागि प्रस्ताव पेश गरेका छन् । ट्रम्पले भने, ‘यदि उहाँहरुलाई मैले केही मद्दत गर्नसक्छु जस्तो लाग्छ भने म मध्यस्थताका लागि तयार छु ।’

ट्रम्पले चीनसँग जारी ‘ठूलो विवाद’ को विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी गरेको पनि जानकारी दिए । ट्रम्पले दाबी गर्दै भने, ‘दुई देशबीचको तनावको विषयमा प्रधानमन्त्री मोदीको मूड ठिक छैन ।’

ट्रम्पले यो विवादमा भारत रत्तिभर पनि खुसी नभएको र सायद चीन पनि खुसी नभएको बताएका छन् ।ट्रम्पले यी कुरा पत्रकारसँग बिहिबार ह्वाइट हाउसको ओभलमा भनेका हुन् । अमेरिकी राष्ट्रपतिले भारत र चीनबीच ठूलो भीडन्तको स्थिती सिर्जना भएको बताएका छन् ।

एक भारतीय पत्रकारको प्रश्नको जवाफ दिँदै ट्रम्पले भने, ‘मलाई तपाईंको प्रधानमन्त्री निकै मनपर्छ । उनी निकै सज्जन छन् ।’ भारत-चीनबीचको तनावबारे कुरा गर्दै उनले भने, ‘भारत र चीनबीच ठूलो भिडन्तको स्थिती छ । दुबै देशसँग १ अर्ब ४० करोड जनसंख्या छ ।

दुबै देशसँग निकै बलियो सेना छ । भारत खुसी छैन र सायद चीन पनि छैन । मैले मोदीसँग कुरा गरेको थिएँ र चीनसँग हाल जे चलिरहेको छ, त्यो विषयमा उनको मूड ठिक छैन ।’ बुधबार ट्रम्पले ट्वीटमा दुई देशबीचको सीमाको विषयमा जारी विवादका लागि मध्यस्थताको प्रस्ताव पेश गरेका थिए । ट्रम्पले आफू मध्यस्थताका लागि तयार भएको बताएका थिए ।

जब ट्रम्पलाई मध्यस्थताका लागि सोधियो तब उनले भने, ‘म यस्तो गर्न सक्छु । यदि उहाँहरुलाई यसमार्फत् मद्दत मिल्छ भन्ने लाग्छ भने म यस्तो गर्न सक्छु ।’

dd

स्रोतः बीबीसी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved