नेपालमा कोरोना संक्रमितको संख्या १२१२, शुक्रबार मात्रै थपिए १७० जना

  • जेठ १६, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपालमा कोरोना भाइरस -कोभिड १९ संक्रमितको संख्या तीव्र गतिमा बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार शुक्रबार मात्रै १७० कोरोना संक्रमित थपिएका छन्। मृतकको संख्या ६ पुग्यो। प्रवक्ता देवकोटाका अनुसार १७० जना थपिएसँगै देशभर संक्रमितको संख्या १२१२ पुगेको छ।

उनका अनुसार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिानमा गरिएको परीक्षणमा सप्तरी राजबिराजका ४ जना नयाँ संक्रमित रहेका छन्। त्यहीँ भएको परीक्षणमा झापाको भद्रपुरका ३४ वर्षीय पुरुष पनि संक्रमित पाइएका छन्। कोशी अञ्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा २८ जना संक्रमित भेटिएका छन्। उनीहरु सबै झापाका रहेका छन्। नारायणी अस्पतालमा गरिएको परीक्षणमा ९ जनालाई संक्रमण देखिएको छ। उनीहरु बारा र पर्साका रहेका छन्।

पाटन अस्पतालमा गरिएको परीक्षणमा एकजनालाई कोरोना पुष्टि भएको छ। उनी ३१ वर्षीय पुरुष छन्। गण्डकी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा एकजनालाई कोरोना पुष्टि भएको छ। उनी म्याग्दीको मालिकाका पुरुष हुन्। भेरी अस्पतालमा गरिएको परीक्षणमा १० जनालाई कोरोना पुष्टि भएको छ। उनीहरु बाँके डुढुवाका १० जना पुरुष रहेका छन्। चितवनको भरतपुर अस्पतालको ल्याबमा गरिएको परीक्षणमा ६ जनालाई कोरोना पुष्टि भएको छ। उनीहरुमा कपिलवस्तुका ४ जना र नवलपरासीका २ जना रहेका छन्। काठमाडौंस्थित जनस्वास्थ्य ल्याबमा गरिएको परीक्षणमा ८४ जनाको पोजेटिभ रिपोर्ट आएको छ।

देवकोटाका अनुसार कपिलवस्तुको भृकुटी माविको क्वारेन्टाइमा बसेका २४ जनामा कोरोना देखिएको हो। त्यहीँ गरिएको परीक्षणमा जनता मावि डुमरिया रौतहटको क्‍वारेन्टाइनमा बसेका ५६ जनामा कोरोना देखिएको छ। त्यस्तै सर्लाहीको मलंगवाका ४ जनामा संक्रमण पुष्टि भएको छ। रुपन्देहीको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा १६ जना कोरोना पुष्टि भएको छ। जसमा कपिलवस्तुका एउटा स्कुलको क्‍वारेन्टाइनमा बसेका १५ जना छन्। त्यस्तै रुपन्देहीका १ जनामा पनि कोरोना देखिएको छ।

राप्ती स्वास्थ्य प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जनामा कोरोना पुष्टि भएको छ। त्यहाँ गरिएको परीक्षणमा कोरोना देखिनेमा कपिलवस्तुको विजयनगरका ९ जना रहेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved