अस्पतालले संक्रमित लिन नमानेपछि स्वास्थ्य तथा सामाजीक विकास मन्त्री धरान जाँदै

अस्पतालले लापवार्हि गरेको भन्दै झापाका जनप्रतिनिधिहरुले गरे गुनासो

  • जेठ १७, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । शुक्रबार कोरोना भाइरस संक्रमण पुष्टि भएका झापाका २७ जना संक्रमितलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड अस्पतालले भर्ना लिन अस्वीकार गरेको छ ।

अस्पतालले भर्ना नलिएपछि संक्रमितहरु शुक्रबार रातभर अस्पतालको गेट बाहिरै बसेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह उनीहरुमा कोरोना संक्रमण भएको पुष्टि गरेसंगै उनीहरुलाई कचनकवल गाउँपालिका–४ स्थित क्वारेन्टाइनबाट साँझ ६ बजेतिर बसमार्फत धरान लगिएको थियो । तर, धरानस्थित कोभिड अस्पतालले राख्ने ठाउँ नभएको भन्दै भर्ना नलिएपछि संक्रमितहरु रातभरि गेटबाहिरै भएका हुन् ।

"सरातभरी क्याविनमा बसियो, कतिजना गाडीमा बसे बतिजना बाहिर पानीमै भिज्दै बसे । संक्रमण भएको पुष्टि भएपछि गाउँपालिकाले अस्पताल पठायो तर अस्पतालले ठाउँ छैन भन्दै लिनै मानेन । सुत्न त के पानी सम्म खान पाएका छैनौ भन्दै संक्रमितहरुलाई लिएर गएका गाडी चालकले हाम्रो कालापानी संग दुख व्यक्त गरे ।,"

यस विषयमा झापाको हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देन संग बुझ्दा उनि भन्छन्, "संक्रमित जसलाई आइसुलेसनमा राख्नु पर्ने त्यसलाई मात्रै हामीले धरान पठाएका हौं । अरुलाई हामी आफै सुरक्षित राख्ने प्रयास गरिराखेकै छौ । जसको अवस्था राम्रो छैन अस्पतालनै चाहिन्छ त्यसलाई त अस्पतालले राख्नु पर्ने हो । यदि बेड छैन भनेपनि अस्पतालको कुनै हलमा लगेर राख्नु पथ्र्यो । थोरै भएपनि सुरक्षित महसुस हुन्थ्यो होला । तर अस्पतालले गैर जिम्मेवारी कार्य गरेको छ यो निन्दनिय हो । अमानवीय कार्य हो ।,"
यता, उनीहरुलाई प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयको समन्वयमा धरान पठाएकै कारण आफु तत्काल धरान जानलागेको प्रदेश एकका सामाजीक विकास मन्त्री जिवन घिमिरेले जानकारी दिए । उनले अस्पताले गरेको यो कार्य निन्दनिय भएको भन्दै तत्काल आफु गएर समस्याको समाधान गर्ने बताएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved