नेपाल–भारत सीमामै जन्मियो शिशु ,नाम जुराइयो ‘बोर्डर ’

  • जेठ १८, २०७७
  • कालापानी मिडिया
alt

भैरहवा । लकडाउनको अवधिमा नेपाल र भारतमा काम गर्ने मजदुरहरु सबैभन्दा धेरै प्रभावित भएका छन् । भारतमा काम गर्ने नेपालीहरु मात्र हैन नेपालमा काम गर्ने भारतीय मजदुरहरुले पनि उत्तिकै दुःख सहनु परेको छ । भारतले पनि आफ्नो नागरिकलाई आफ्नै देशमा प्रवेश नदिंदा हजारौं भारतीयहरु अहिले सीमामा अलपत्र परेका छन् । नेपाल-भारतको सीमा दशगजामै अहिले नेपालीहरु दुःख नपाए पनि भारतीयहरुको लागि भने यसबेलाको अवस्था कष्टकर नै बनेको छ । यहि कष्टकर अवस्थाकबीच एक भारतीय महिलाले दशगजामै शिशु जन्माएकी छिन् ।

दशगजामै प्रसव पीडा भएपछि भारत बहराईच जिल्लाकी जामताराले अन्य भारतीय महिलाहरुको सहयोगमा शिशुलाई जन्म दिइन । सीमा क्षेत्रमै बच्चा जन्मिएपछि परिवारले उक्त बालकको नाम नै “बोर्डर” राखिदिए । भारतको बहराईच जिल्लामा बस्ने लालाराम आफ्नो श्रीमती सहित नवलपरासीको जगत ईट्टा उद्योगमा काम गर्दथे । भारतको प्रवेश अनुमतिको आशमा दशगजामा पालो कुरेर बसी रहेकी उनकी श्रीमतीलाई एक्कासी प्रसव पीडा भएको थियो । प्रसव पिडाले छटपटिएकी जामतारालाई पालो कुरि रहेका अन्य भारतीय महिलाहरुको सहयोगमा प्रसुति गराइएको थियो ।

शिशुसहित अहिले प्रसुति भएकी महिलाको स्वस्थ्य अवस्था सामान्य रहेको छ । भने शिशु तथा आमाको नौतनवामा रहेको स्वास्थ्य चौकीमा उपचार भै रहेको भारतीय स्वास्थ्यकर्मीले जनाएका छन् । जामताराको अहिले जन्मिएको बच्चाका अतिरिक्त दुई छोरी र एक छोरा छन् । (राधेश्याम विश्वकर्मा /रुपान्तरण)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved