डडेल्धुरामा क्‍वारेन्टाइनमा बसेका बालकको मुत्यु

  • जेठ १८, २०७७
  • कालापानी मिडिया
alt

प्रकाश विसी, डडेल्धुरा । डडेल्धुरामा क्वारेन्टाइनमा राखिएका एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको नवदुर्गा गाउँपालिका ३ का साढे छ वर्षीय बालक रहेका छन्।

आइतबार राति १२ बजेपछि जिल्ला सदरमुकाम नजिकै रहेको डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका बालक मृत्यु भएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

उनका अनुसार आमाबाबुसँगै उनी भारतको मुम्बइबाट आइतबार मात्रै डडेल्धुरा पुगेका थिए। उहाँहरू राति आउनुभएको हो। बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो। डीएसपी न्यौपानेले भने, हामीकहाँ फोन आयो। बालक गम्भीर बिरामी छ भनेर। यताबाट गाडी पठाएर अस्पताल पुर्‍याएका थियौं ।

डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.जगदीशचन्द्र विष्टले बालकको अस्पताल पुर्‍याउनुभन्दा अघि नै मृत्यु भएको पुष्टि गरे। उनका अनुसार ती बालकलाई बिहान ३ बजे अस्पताल पुर्‍याइएको थियो।

बिहान अस्पताल ल्याउनु भएको थियो। ती बालक अस्पताल पुग्नु अगाडि नै मृत्यु भइसकेको थियो। यहाँ पुर्‍याउँदासम्म सास पनि थिएन। उनले भने।

ती बालक मलेरिया रोगबाट ग्रसित रहेको बुझिएको उनले बताए। यसअघि उनी मुम्बईस्थित एक अस्पतालमा उपचाररत थिए।

उनको शव अहिले डडेल्धुरा अस्पतालमा राखिएको छ। उनको आइतबार नै कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिने निमित्त मेसु विष्ट जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved