इतिहास कै कालो दिन ! दरबार हत्याकाण्डको १९ वर्ष, तर खोजिएन रहस्य

  • जेठ १९, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौँ । राजा विरेन्द्रको वंशनास हुने गरि दरबार हत्याकाण्ड भएको आज १९ वर्ष पुगेको छ । विसं २०५८ जेठ १९ गते शुक्रबारका दिन भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश नै नाश भएको थियो । राजदरबारभित्र भएको गोली काण्डमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुती, शान्ति राज्यलक्ष्मी सिंह,शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको हत्या भएको थियो। घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए।

घटनापछि तत्कालिन सरकारले छानबिन समिति गठन गरेपनि अझै हत्याको यथार्थ र सर्वसाधारणले चित्त बुझाउने खालको प्रतिवेदन आउन सकेको छैन्।जसका कारण यस दिन नेपाली इतिहासको एक कहालीलाग्दो दिनका रुपमा चित्रित भएर रहिरहेको छ।तत्कालि छानविन समितिले युवराज दिपेन्द्रले हत्या गरेको भनी अपुष्ट तथ्य सार्वजनिक गरेको थियो । तत्कालिन छानविन समितिको तथ्य अनुसार युवराज दिपेन्द्रले नै राजा विरेन्द्रको वंश नाश गरेको मानिन्छ । तर, यो प्रतिवेदनको दाबीलाई अहिले पनि आम नागरिक मान्न तयार छैनन् ।

दरबारमै कार्यरत उच्च पदस्त अधिकारीहरुले लेखेको किताबमा पनि दिप्रेन्द्रप्रति नै औला उठाइएको छ । तर, यस्ता किताबमा गरिएको दाबीलाई पनि नागरिकले स्विकारेका छैनन् ।केहिले त निश्चित ब्यक्तिलाई जोगाउन किताव लेखाएको भनेर समेत टिप्पणी गरेका छन् । मरेका दिपेन्द्रमाथि आरोप लगाएर अरुलाई चोख्याउन खोजेको नागरिकको आरोप छ । अत्यन्त रहस्यमय बनेको घटनाको निष्पक्ष छानविनको पटक पटक माग हुँदै आएको छ । दरबार हत्याकाण्ड भएको १९ वर्षमा दर्जनौ सरकार फेरिदा पनि कसैले छानविन गर्ने हिम्मत गरेका छैनन् ।

जनस्तरबाट अहिले पनि छानविनको माग हुँदै आएको छ। दरबार हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्तिको घोषणा गरिएको थियो । राजा वीरेन्द्रपछि भाइ ज्ञानेन्द्र शाह राजगद्दीमा आसीन भएपनि उनी नै नेपालको इतिहासमा अन्तिम राजा बन्न पुगे ।

84582200_251607369443040_2980786171908456448_n

 

101007062_2567735103537667_6320564191660867584_n 101086570_3103102176377862_4900329969864933376_o 101142928_601024344096542_5057619768257806336_n

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved