माला पालुङवा,ताप्लेजुङ । ताप्लेजुङमा अख्तियार टोलीले डिभिजन वन कार्यालय ताप्लेजुङका दुई सहायक वन अधिकृतलाई मंगलबार बेलुका घुस सहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दूरुपयोग अनुसन्धान आयोगको टोलीले सहायक वन अधिकृतद्धय वीरेन्द्र साह र जीवनकुमार यादवलाई एक-एक लाख रुपैयाँ घूससहित पक्राउ गरेको हो ।
उनीहरुले जडिबुटी सेतक चिनी छोडपूर्जी बनाए बापत सेवाग्राहीसँग पटक-पटक घुस माग्ने गरेको भन्ने सूचना अख्तियारमा पुगेको थियो । सोही सूचनाका आधारमा अख्तियारको ईटहरी कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट एक-एक लाख घूस लिँदैगर्दा नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, ईटहरीका प्रमुख चक्र बहादुर बुढाले जानकारी दिए। राती ११ वजे ताप्लेुङबाट उनिहरुलाई लगिएको थियो ।
‘हाम्रो टोलीले घुस सहित बेलुका दुई सहायक वन अधिकृतलाई नियन्त्रणमा लिएर ईटहरी ल्याउँदै छ ।’ उनलेले भने ‘नियन्त्रणमा लिएका दुवैजनालाई थप अनुशन्धानका लागि काठमा पठाउँछौँ ।’ सेवाग्राही र सेवा प्रदायकबीच कार्यालयमै रकम लेनदेन भएको बताईएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved