अमेरिकामा प्रहरी ज्यादती र रंगभेदको विरोधमा आज सातौं दिनपनि प्रदर्शन जारी

कफ्र्यू नै तोडेर प्रदर्शन हुन थालेपछि राष्ट्रपति ट्रम्प चिन्तित

  • जेठ २१, २०७७
  • कालापानी मिडिया
alt

अमेरिकामा प्रहरीले अश्वेत नागरिकको घाँटी थिचेर हत्या गरेको विरोधमा आज सातौं दिन प्रदर्शन भैरहेको छ ।

हत्याको विरोधमा सातौँ दिन पनि कर्फ्यू तोडेर प्रदर्शन भैरहेको छ । मिनेशोटाको मिनियापोलसमा गएको मे २५ मा प्रहरी हिरासतमै निहत्था अश्वेत व्यक्ति जर्ज फ्लोइडको निधन भएपछि प्रहरी ज्यादती र रंगभेदको विरोधमा प्रदर्शन चर्किएको छ ।

A-man-shouts-from-a-bullhorn-as-curfew-begins-to-take-effect

फ्लोइडलाई पक्राउ गर्ने क्रममा प्रहरीले उनको घाँटीमा घुँडाले थिचेका थिए । सोही कारण उनको कार्डिक अरेस्ट भएर मृत्यु भएको पोष्टमार्टम रिपोर्टमा उल्लेख छ । फ्लोइडको हत्याको विरोधमा अमेरिकाका अधिकांश शहर तथा अमेरिका बाहिर पनि प्रदर्शन जारी छ ।

A-man-shouts-from-a-bullhorn-as-curfew-begins-to-take-effect-1

प्रदर्शनले हिंसात्मक रुप लिन थालेपछि धेरै शहरमा कर्फ्यू लगाइएको छ । तर कर्फ्यू तोडेर पनि प्रदर्शन हुन थालेपछि राष्ट्रपति डोनाल्ड ट्रम्प चिन्तित छन् । यसअघि ट्रम्पले आन्दोलन दबाउनका लागि सेना परिचालन गर्ने चेतावनी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved