सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा बुधबार बिहान दुई पक्षबीच झडप हुँदा १५ जना घाइते भएका छन् ।
स्थिति नियन्त्रणमा लिन प्रहरीलाई ८ राउण्ड हवाई फायर गर्नु परेको सप्तरी प्रहरीले जनाएको छ ।
जग्गा सम्बन्धी विवादमा दुई पक्षबीच झडप भएको र दुवै पक्षले एकअर्कामाथि घरेलु हतियारले आक्रमण गरेको हाम्रा संवाददाता मनोज माझीले जानकारी दिए । घटनामा घाइते भएकाहरुलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ ।
समयमा पुगेको प्रहरीले घटनालाई नियन्त्रणमा लिइसकेको र अहिले स्थिति सामान्य भइसकेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved