कास्की प्रहरीले उप निर्वाचन र साग लक्षित सुरक्षा योजना ल्यायो ।

  • मंसिर २, २०७६
  • कालापानी मिडिया
alt

मंसीर १४ गते हुने प्रतिनिधि सभाका लागि कास्की निर्वाचन क्षेत्र नम्बर २ उप–निर्वाचन तथा तेह्रौं दक्षिण एसियाली खेलकुद (साग)लाई लक्षित गरेर कास्की प्रहरीले सुरक्षा ब्यबस्था कडा पारेको छ ।
मंसीर १५ गतेबाट हुने तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितालाई पनि मध्य नजर गर्दै सुरक्षा ब्यवस्था चुस्त पारिएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) दानबहादुर कार्कीले जानकारी दिए । चुनावमा हुने सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सुरक्षा ब्यबस्था कडा पारिएको बताउँदै चुनाव र साग प्रतियोगिता भरी कहिंकतै कुनैपनि घट्ना हुन नदिन प्रहरी सचेत ढंगले लागेको उनको भनाइ छ ।
एसपी कार्कीले प्रभाव र दवाबबाट मुक्त भएर भोट हाल्ने वातावरण बनाउने दाबी गरे । उनले कास्कीमा अवाञ्छित कृयाकलाप गर्नेहरुबाट सुरक्षा चुनौति रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved