सुदूरपश्चिममा आरडिटी पोजेटिभ देखाएका १९७ जनाको पीसीआर परीक्षण भएन

  • जेठ २२, २०७७
  • कालापानी मिडिया
alt

धनगढी । सुदूरपश्चिममा र्‍यापिड टेस्टमा पोजेटिभ अर्थात एन्टिबडी देखाएका एक सय ९७ जनाको पीसीआर परीक्षण बाँकी रहेको छ। कोरोना भए, नभएको पुष्टि पीसीआर परीक्षणबाट हुने गरेकोमा अझै एक सय ९७ जनाको पीसीआर परीक्षण हुन नसकेको हो।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशभरी अहिले सम्म २४ हजार नौँ सय ४० जनाको र्‍यापिड टेस्ट गर्दा दुई सय ९९ जनामा एन्टिबडी अर्थात पोजेटिभ देखाएको छ। उनीहरुमध्ये अहिलेसम्म एक सय दुई जनाको मात्रै पीसीआर मार्फत परीक्षण गरिएको छ भने बाँकी एक सय ९७ जनाको भने पीसीआर मार्फत परीक्षण बाँकी रहेको छ।

एक सय ९७ जना मध्ये पछिल्लो २४ घण्टामा आरडिटी पोजेटिभ देखाएका एक सय ११ जना छन् भने बाँकी ८६ जना भने दुई देखि चार दिन अगाडी नै एन्टिबडी देखाएको थियो। सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षणका लागि एउटा मात्रै प्रयोगशाला भएका कारण आरडिटी पोजेटिभ देखाएकाहरुको समेत समयमै परीक्षण हुन नसकेको हो।

पछिल्लो २४ घण्टामा धनगढी प्रयोगशाला मार्फत तीन सय ५ जनाको पीसीआर विधीबाट कोरोना परीक्षण गरिएको छ भने स्वाब संकलन गरेका एक हजार बढिको नमूना संकलन भएपनि परीक्षण बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved