सोती घटनाका आरोपितलाई १० दिनको म्याद थप

  • जेठ २२, २०७७
  • कालापानी मिडिया
alt

भरत चन्द, रुकुमप पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडानम्बर–८, सोती गाउँमा जेठ १० गते ६ जनाको ज्यान जाने गरि भएको घटनाका आरोपितलाई १० दिनको म्याद थप गरिएको छ । अनुसन्धानका लागि ११ दिनको म्याद थप माग गरिएकोमा जिल्ला अदालत रुकुम पश्चिमले बिहिबार १० दिनको म्याद थप गरेको हो ।

अदालतका श्रेस्तेदार कृतबहादुर बोहोराका अनुसार १० दिनको म्याद थप भएसंगै २० दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश भएको छ । घटनाका आरोपित १८ जना मध्ये एकजना बालिका समेत भएकाले अर्कोपटक म्याद थप हुन सक्ने संभावना कम रहेको श्रेस्तेदार बोहरको भनाई छ । तर अन्यलाई भने २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने व्यवस्था भएको अदालतले बताएको छ ।

यसअघि घटनाका आरोपितलाई १० दिन सम्म थुनामा राख्ने आदेश भएको थियो । सोती घटनाका ज्यान गुमाएका मृतकका परिवारले २० जनालाई दिएको किटानी जाहेरीका आधारमा प्रहरीले १८ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । अन्य दुईजनाको भने खोजी भईरहेको प्रहरीले जनाएको छ ।

यसैबीच जेठ २० गते बेलुकी मुसिकोट नगरपालिका –१४, मा रहेको प्रहरी चौकी तोडफोडमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २३ वर्षिय टेक बहादुर खड्का रहेको प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए । उनका अनुसार यसअघि वडाध्यक्ष सहित ३ जनालाई प्रक्राउ गरी १० दिनको म्याद थप गरेर अनुसन्धान शुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved